त्रीसुलिमा खसेका बसको खोजिमा वाटर ड्रोनको प्रयोग

काठमाडौ सडकको सिमतालमा हिजो लेदो सहितको पहिरोले बगाएका दुइवटा बसको खोजिमा वाटर ड्रोन र सोनार क्यामेराको प्रयोग गरि खोजी कार्य गर्न थालिएको छ।हिजो देखि खोज्दा पनि नभेटिए पछि आज शनिबार बिहानबाट वाटर ड्रोनको प्रयोग बाट खोजी कार्य थालिएको सशस्त्र प्रहरी बलका सह प्रबक्ता शैलेश थापाले सन्चार कर्मिहरुलाई जानकारी गराएका छ्न।

हिजो बिहान ३:३० बजे काठमन्डौबाट रोतहटको गौर जाँदै गरेको गणपती डिलक्स र बिरगंजबाट काठमाडौ आउदै गरेको एन्जल बस एकैपटक मुल्लिनको सिमतालबाट त्रीसुलि नदिमा खसेका थिय।चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादबका अनुसार  गौर जाँदै गरेको बसमा ४१ जाना र काठमाडौ जाँदै गरेको बसमा २४ जना गरि जम्मा ६५ जना यात्रुहरु सबार रहेका थिय।

१५ घन्टा सम्म खोजिकार्य गर्दा पनि बस भेट्न नसकिएको सुरक्षा कर्मिहरुले बताएका छ्न।घट्ना स्थाल नजिकै बिरगंजबाट  काठमाडौ आउदै गरेको एन्जल बसको पर्दा र बच्चाको ट्र्याकसुट भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले बताउनु भएको छ।
 

गाडिमासबार  केही यात्रुभने गाडीको झ्यालबाट हामफालेर बाच्न सफल भएका थिय।अहिले उनिहरुको अस्पतालमा उपचार भइरहेको छ।दुइवटा बसका सबार यत्रुहरु गरि अझै ५५ जना बेपत्ता भएका छ्न।सशस्त्र बल र नेपालिसेनाका सुरक्षा कर्मिहरुबाट उनिहरुको खोजिकार्य भइरहेको स्रोतले जनाएको छ।

यस्तै हिजोनै रुपन्देहिको बुटवलबाट निरन्तर बर्साका बिच पनि काठमाडौ आउदैगरेको लु २ ख ६५६६ नम्बरको बसका चालक मेघराज बिकको माथिबाट खसेको ढुङ्गाले टाउकोमा लागेर मृत्यु!भएको छ।रुपन्देहिबाट ३० जना यात्रु लिएर काठमाडौ हिडेको बस चितवनको सत्र किलो भन्ने ठाउमा आइपुग्दा यस्तो दुर्घटना भएको हो।दुर्घटनामा ज्यानगुमाउने चालक नवलपरासी सुनुवल घर भएका ३६ बर्सिय मेघराज बिक रहेका छ्न।

बसमा सवार यात्रुहरुले प्रहरिलाई खबर  गरे पछि प्रहरिको टोलि त्यहा आएर उनलाई अस्पताल पुर्याएको थियो र उपचारकै क्रममा उनको मृत्यु भएको थियो।बसमा सबररहेका यात्रुहरुले प्रहरिलाई बताए अनुसार चितवनको सत्र किलो वडा नम्बर -२९ मा आइपुग्दा रातिनै भएकोले अधेरोनै थियो।माथिबाट बगेर आएको लेदो सडकमा देखेपछी चालक बिकले बसको गति कम गरेका थिय।यहि बेल्ला एक्कासि माथिबाट ढुङ्गा खसेर चालक बिकको टाउको लागेको थियो।यस्तो घटना भए पछि यात्रुहरु सबै डरले चिचयाएका थिय।तर चालक बिक यत्रो चोट लाग्दा पनि  डगमगाएनन र छट्पटीमै पनि बसलाई अगाडि बढाइरहे र ५० मिटर अगाडि लागि ब्रेक लगाएर राखेर यात्रुलाई बचाए ।आफू मर्न लागेको अवस्थामा पनि आफू मरेर पनि बसमा सबार ३० जना यात्रुलाई चालक बिकले बचाएका घटना भएको बसका यात्रुले बताएका छ्न।चालक बिक बस अगागाडी लगेर साईड लगाए पछि त्यही बेहोस भएर ढलेका थिए।आफुलाई तेत्रो चोट लाग्दा पनि यात्रुलाई सुरकक्षित ठाउमा राखेर आफुले भने ज्यान गुमाएका चालक एक महान चालक भएको यत्रुहरुको भनाई छ।