आइतबारदेखि फेरि लगातार वर्षा हुने सम्भावना, सतर्कता अपनाउन आग्रह
साउन चार गतेदेखि ३ दिनसम्म नेपालमा मनसुन सक्रिय हुने भएकोले धेरै स्थानमा हल्कादेखि भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभिन्न प्रदेशमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
मनसुन वर्षा सम्भावना रहेकोले प्रदेश १, प्रदेश २, प्रदेश ५, वाग्मती र गण्डकी प्रदेशमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।
वर्षाकोे कारणले बाढी पहिरो जान सक्ने भन्दै सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।
यस्तै, साउन ५ देखि ८ गतेसम्म कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, वाग्मती, बुढीगण्डकी, सेतीगण्डकी, मर्स्याङदी
कालीगण्डी नदीका साथै तिनका सहायक नदीहरुमा पानीको सतह बढ्न सक्ने विभागले जनाएको छ ।
शनिबार भने दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति भने देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया