अमेरिकाको युनाइटेड एयरलाइन्स विमानको उड्ने बेलामा पाङ्ग्रा फुस्कियाे

 युनाइटेड एयरलाइन्सको एउटा विमान भयानक दुघर्टनाबाट बचेको छ । लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्दै गर्दा सोमबार कम्पनीको एक विमानको एउटा पाङ्ग्रा फुस्किएको पाइयो । 

हालैका महिनाहरूमा कम्पनीका विमानमा एक पछि अर्को गर्दै समस्याहरू आइरहेका छन् । अमेरिकाको सङ्घीय उड्डयन अधिकारीहरूले कम्पनीको विमानहरूमाथि सुरक्षा समीक्षा पनि गरिरहेका छन् । यसैबिच यो घटना भएको हो ।

सोमबार डेनभरमा पाङ्ग्रा हराएको सो विमानको सकुशल अवतरण भएको थियो । यस घटनामा कसैलाई पनि चोट नलागेको बताइएको छ । समस्या देखिएको विमान बोइङ ७५७–२०० भएको बताइएको छ । घटनाको समयमा विमानभित्र १७४ जना यात्री र ७ जना क्रुमेम्बर थिए । के कारणले विमानको पाङ्ग्रा फुस्कियो भन्नेबारे अनुसन्धान भइरहेको युनाइटेड एयरलाइन्सले बताएको छ ।

यस घटनाको सङ्घीय उड्डयन प्रशासन (एफएए)ले पनि छानबिन गरिरहेको छ । मार्चमा पनि युनाइटेड एयरलाइन्सको एउटा विमान उड्ने बित्तिकै पाङ्ग्रा खसेको थियो । मार्च महिनामा मात्रै कम्पनीका कम्तीमा एक दर्जन उडानमा यस्ता अनेक सुरक्षा समस्या देखिएको थियो । यी घटनाहरूपछि मार्चमा एफएएले कम्पनीको सुरक्षा समीक्षा सुरु गरेको थियो ।

उत्तर कोरियाबाट भागेर आएका कूटनीतिज्ञलाई दक्षिण कोरियाले उपमन्त्री बनायाे

उत्तर कोरियाबाट भागेर आएका कूटनीतिज्ञलाई दक्षिण कोरियाले उपमन्त्री बनायाे

विनय क्वात्रा अमेरिकाका लागि नयाँ भारतीय राजदूत नियुक्त

विनय क्वात्रा अमेरिकाका लागि नयाँ भारतीय राजदूत नियुक्त

इटलीमा प्रधानमन्त्रीको  मजाक उडाएपछि पत्रकारलाई ५ हजार युरो डलर जरिवाना

इटलीमा प्रधानमन्त्रीको मजाक उडाएपछि पत्रकारलाई ५ हजार युरो डलर जरिवाना

म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन : पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प

म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन : पूर्वराष्ट्रपति डोनाल्…

बंगलादेशमा आरक्षणविरुद्धको प्रदर्शन हिंसात्मक बन्दै, प्रदर्शनमा मृत्यु हुनेको संख्या ३२ पुग्याे

बंगलादेशमा आरक्षणविरुद्धको प्रदर्शन हिंसात्मक बन्दै, प्रदर्शनमा मृत्यु हुनेको संख्…

गोन्डा रेल दुर्घटना: रुटमा रेल सेवा अझै सुचारु भएन

गोन्डा रेल दुर्घटना: रुटमा रेल सेवा अझै सुचारु भएन

कर्नाटक: सिद्धरामैयाको आरक्षण विधेयकमा के थियो जसले हंगामा मच्चायो?

कर्नाटक: सिद्धरामैयाको आरक्षण विधेयकमा के थियो जसले हंगामा मच्चायो?

बंगलादेशमा सरकारी कोटा र आरक्षणको विरोधको आन्दोलनमा परी ६ जनाको मृत्यु,एक सयभन्दा बढी व्यक्ति घाइते

बंगलादेशमा सरकारी कोटा र आरक्षणको विरोधको आन्दोलनमा परी ६ जनाको मृत्यु,एक स…