कुनै समय ट्वाइलेट सफाइ, टेबल पुछ्ने र भाँडा माझ्ने काम गर्थें : एनभिदियाका सीईओ  हुवाङ

 जेनसन हुवाङ एनभिदिया कर्पका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । विश्वकै सबैभन्दा ठुलो चिप निर्माता कम्पनीका प्रमुख तथा विश्वका १३ औं धनी व्यक्ति हुवाङले विगतमा आफूले ट्वाइलेट सफा गर्नेदेखि, टेबल पुछ्ने र भाँडा धुनेसम्मका काम गरेको बताएका छन् ।

"मेरो लागि कुनै पनि काम सानो छैन । सम्झिनुहोस्, कुनै समय म भाँडा माझ्थें र ट्वाइलेट सफाईको काम गर्थें," यो वर्षको सुरुतिर स्ट्यानफोर्ड ग्राजुएट स्कुल अफ बिजनेसका विद्यार्थीहरूसँग कुराकानीका क्रममा हुवाङले भनेको कुरालाई उद्धृत गर्दै मनिकन्ट्रोलले लेखेको छ ।

"मेरो मतलब, मैले थुप्रै ट्वाइलेटहरू सफा गरेको छु, मैले तपाईंहरू सबैको जड्दा जति हुन्छ, त्यसभन्दा पनि बढी ट्वाइलेटको सरसफाइ गरेको छु, कति त तपाईंहरूले देख्नु भएको पनि छैन," उनले भनेका थिए ।

विश्वकै सबैभन्दा ठुलो एआई तथा चिप निर्माता कम्पनीको प्रमुख हुवाङ काममा नम्र व्यवहार देखाउँछन् र हात फोहोर हुने कुराबाट डराउँदैनन् । कम्पनीमा ल्याउन सक्ने सुधारका विषयमा आफ्ना कर्मचारीहरूबाट आउने सुझाव उनी लिइरहेका हुन्छन् । एनभिदियाका कर्मचारीहरू उनीसँग काम गर्न त्यति सजिलो नभएको अर्थमा उनको बयान गर्छन् । "यदि तपाईं असाधारण काम गर्न चाहनु हुन्छ भने, त्यो सहज हुँदैन," उनी भन्छन् ।