आसाम बाढी : काजिरङ्गा राष्ट्रिय निकुञ्जमा ९२ जनावरको मृत्यु ९५ को उद्धार

आसाममा विनाशकारी बाढीका कारण कम्तिमा ९२ जनावरहरू मारिएका छन् ।

आधिकारिक तथ्याङ्क अनुसार काजिरङ्गा राष्ट्रिय निकुञ्ज बोकाखातमा जम्मा ९५ जनावरको उद्धार गरिएको छ । बर्षा र बाढीपछि निकुञ्जमा तीनवटा गैँडा डुबेर मरेका छन् । निकुञ्ज क्षेत्रबाट उद्धार गरिएका लोपोन्मुख जनावरको सूचीमा रहेका ११ वटा लगुन (एक प्रकारको मृग) को उपचारका क्रममा मृत्यु भएको र अन्य ६२ जनावर डुबेर मृत्यु भएको निकुञ्ज प्रशासनले जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा केही घाइते र विरामी जनावरहरूको उपचार भइरहेको छ । 

पूर्वी आसामका अग्रतोली, काजिरङ्गा, बागोरी, बुर्हापहार र बोकाखाटमा वन्यजन्तु विभागमा २३३ कूल शिविरहरू स्थापना गरिएका छन् । 

पासीघाट र डिब्रुगढमा पानीको सतह खतराको स्तरभन्दा तल रहेको छ भने नुमालीगढ, निमातीघाट, तेजपुर र धनसिरी मुखमा भने अझै खतराको तहभन्दा माथि छ ।

यसैबीच, गत महिनामा आसाममा आएको बाढीले मानवीय जीवन, भौतिक पूर्वाधार, सडक, बाली र पशुधनको क्षति भएको छ । बाढीले सयौं मानिस घरबारविहीन भएका छन् ।

कामरुप महानगरपालिकामा एक बालक बेपत्ता भएका छन् । बाढीको गम्भीर अवस्थाको बीचमा, मुख्यमन्त्री हिमन्त विश्व शर्माले बाढीको अवस्थाको समीक्षा गर्न शुक्रबार डिब्रुगढ सहरको भ्रमण गर्नुभयो । 

उहाँले प्रभावित क्षेत्रको पैदल यात्रा गरेको बासिन्दाहरूसँग अन्तरक्रिया गरेको र डुबान समस्याको समुदाय–संचालित समाधान खोज्न विशेषज्ञहरूसँग छलफल गर्नुभयो । 

बाढीको अवस्थाबारे सञ्चारकर्मीलाई सम्बोधन गर्दै मुख्यमन्त्री हिमन्त विश्व शर्माले भन्नुभयो, “अहिले असममा बाढीको अवस्था सुधार हुँदै गएको, पानीको सतह घटेको तर तटबन्ध पुल वरपरका क्षेत्रमा बाढीको अवस्था कायम छ ।”

उहाँले यो बर्ष आसाममा बाढीको कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या ५२ पुगेको बताउनुभयो ।