चुनावमा पार्टीको लज्जास्पद हारसँगै ऋषि सुनकले दिए राजीनामा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/skynews-rishi-sunak-resigns_6618427_BZpKhZd1mj_cvblpz3dyl1hwa7kp7jekvl87fikb8ulv46tkx7wzyhgsbpxlgpehhxquonx_TOVotG7aDd_xf70nwx6r9arzfhrtfxxktun8j3jjm1tg27pbmixwxeqtwovtbmffugwulu7.jpg)
बेलायतमा भएको निर्वाचनको मतगणनापछि लेबर दल सत्तामा आएको छ । १४ वर्षपछि लेबर दल सत्तामा फर्किएको हो । शुक्रबार जारी मतगणनामा लेबर दलले बहुमत भन्दा धेरै सिट ल्याएको छ । ६५० सिटमा अहिलेसम्म लेबर दलले ४१० सिट जितेको छ । ३ सिटको नतिजा आउन बाँकी छ । बेलायतमा सरकार बनाउन ३२६ सिट चाहिन्छ ।
बीबीसीका अनुसार चुनावका क्रममा लेबर पार्टीको नेतृत्व गरेका कीर स्टार्मर बेलायतको आगामी प्रधानमन्त्री हुनेछन् । सन् २०२२ देखि कन्जरभेटिभ पार्टीको नेतृत्व गर्दै आएका ऋषि सुनकको कन्जरभेर्टिभ दलले हालसम्म ११९ सिट मात्र जितेको छ । सुनकले हार स्वीकार गर्दै पार्टीसँग माफी मागेका छन् । उनले स्टार्मरलाई फोन गरेर जितको लागि बधाई पनि दिएका थिए ।
सुनक र स्टारर दुवैले आ–आफ्नो सिटमा जित हात पारेका छन् । सुनकले रिचमण्ड र नर्थलर्टन सिट जितेका छन् । लेबर पार्टीका प्रधानमन्त्रीका उम्मेदवार कीर स्टार्मरले लन्डनको होलबोर्न र सेन्ट प्यानक्रस सिटमा पनि जित हासिल गरेका छन् ।
चुनावमा पार्टीको लज्जास्पद हारसँगै सुनकले बकिङ्घम प्यालेसमा राजा चार्ल्स समक्ष राजीनामा बुझाएका छन् । उनको राजीनामा चार्ल्सले पनि स्वीकार गरिसकेका छन् । बकिङ्घम प्यालेसले पनि यसको पुष्टि गरिसकेको छ । केही समयपछि राजाले लेबर पार्टीका नेता कीर स्टार्मरलाई सरकार गठनका लागि आमन्त्रण गर्नेछन् । यसपछि स्टार्मर टेन डाउनिङ स्ट्रिट जानेछन् । त्यहाँबाट उनले जनतालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
![लोकदोहोरी गायिका कमला घिमिरेले फिल्म खेल्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala_ghimire-2_P1iGopT0xu_irsv0nfx8gz45duvrjmajzbgqxlvrgqhppq7aezyodfrtao0zpvvyparn2vn_LaqQa23gCZ_vcy5ptp3ladzoa9hkwoqyowievemgxjytzerjyt4hrmhpbcgowbyndaupvpp.jpg)
लोकदोहोरी गायिका कमला घिमिरेले फिल्म खेल्ने
![‘शैक्षिक गुणस्तर सुधार्न प्रविधिमैत्री शैक्षिक सामग्री आवश्यक’](https://snowberry.prixacdn.net/media/gallery_folder/1611026428-8eT3u_8fAhJ4coFO_tfp31rq9mkch3wzpdxn8r9ovvf62ptzrkthoxmf4rw0xmv30rjskcm8y0pxe_hoDlcA1KVR_vxyjlfvlln7doiytuiwdhphenc1jrkxj0jxzzlh2dipw9s0ofulf57b3bnu9.jpg)
‘शैक्षिक गुणस्तर सुधार्न प्रविधिमैत्री शैक्षिक सामग्री आवश्यक’
![समितिले सहकारी पीडितको बचत रकम सरकारले फिर्ता गर्दैन](https://snowberry.prixacdn.net/media/gallery_folder/sahakari-chambin-samiti-1718702362_jgssCqsVtF_qvegbol2qdn87txotc0vbi4ubb2y0sjokb2gdyochkmsohz7b3fdimnp42gp_Vkugvd3nPl_b1mczzjh5eel57p9jvymd25n06v5i9doqqur8qxxoqul7f6fumn2ofh6ye9b.jpg)
समितिले सहकारी पीडितको बचत रकम सरकारले फिर्ता गर्दैन
![निलम्बित महामन्त्री ढकालबारे निर्णय गर्न रास्वपाकाे केन्द्रीय समितिको बैठक मङ्गलवार बस्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/raswapa%2520office1688021858_8NNud1oRVI_k9lfus9zq6svjkkbftcc3wgma5pozjbe4bvtnfw6a6hkgk3duumebecvcj2c_pyGszv1Ryn_qnhrchaliqzfpia9tv7lpn9zyxt3tmxxjbioj5tfvoszvwcpjrme3oj5nfj5.jpg)
निलम्बित महामन्त्री ढकालबारे निर्णय गर्न रास्वपाकाे केन्द्रीय समितिको बैठक मङ्गलव…
![रूसद्वारा युक्रेनी बाल अस्पतालमा आक्रमण, २० भन्दा बढी व्यक्तिकोे मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/dddddddddddddd_7ICTt7znpG_9fm5uyvrnlkokabcvuvnzmfhapccpmvrpyu7uic1f7vwiwzaycgivuf1pcwu_YoBsrtpieI_x3psqvzql1rgczglw0y6zoreyxporxek60sob1nodrlmj7ehgbfzktijz8yr.jpg)
रूसद्वारा युक्रेनी बाल अस्पतालमा आक्रमण, २० भन्दा बढी व्यक्तिकोे मृत्यु
![बाढीमा डुबेर दुई किशोरीको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/images_CHYTN5Pjng_popkqmpyx0wgm1cngjejmtb7pqnvddqkpxe9dqf9c2x2bsap6pv0d3mwrqjs_CYPhLgSgXV_pf3keozbidiojnvckcbdgzdtjccoelx9vmseu48tqsccui8bnlv3p0gmqr85.jpeg)
बाढीमा डुबेर दुई किशोरीको मृत्यु
![नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट](https://snowberry.prixacdn.net/media/gallery_folder/download_NpKyVVJgjv_ruak0kesbooritggqjzytwo4w1k2fmga98qvmse8yhkhmu2s49yg2zyt5g2n_nqkNvKEG0a_fjwvag1l3lmknxsc8irgmlpr3gcyihstipdzik6iwgpzpjdwgem1he1byomo.jpeg)
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
![हाई जम्पको ३७ वर्ष पुरानो कीर्तिमान तोडियाे](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-08%2520153556_2h5IJ7EiN4_esfuzt87cdlg9kspxz9ekphnkycjitgmwsjrr1hshkx9x7ktaqeiaqajfup0_JvDFYuYax4_rz1h8ar781pvg6rat0clnpkq02j5nwohjqub868wgflpfmei4igtphf3ndbh.png)
प्रतिक्रिया