कृषि आधुनिकीकरण परियोजनाः गहुँ, धान र तोरी बालीको उत्पादकत्व वृद्धि
![](https://snowberry.prixacdn.net/media/gallery_folder/dhan_b4JOb4DqZ6_bqj8rfycxbjl5wch6obxkck5ag4r6yucpjbam4jlczi0dbuwzpmblutaligw_4kDI60tXto_60dc0aigiyqaafzstnpsygr7kkhixcbtzdcikebomfasy2rxfjdif2hnpoej.jpg)
जिल्लामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट गहुँ, धान र तोरी बालीको उत्पादकत्व वृद्धि भएकोे छ । जिल्लामा परियोजनामार्फत सञ्चालित ‘गहुँ सुपरजोन’, ‘तेलहन जोन’ र ‘धान जोन’ अन्तर्गत उक्त बालीको उत्पादकत्वमा वृद्धि भएको हो ।
जिल्लास्थित परियोजना कार्यान्वयन इकाईकी सूचना अधिकारी रीतु धामीका अनुसार कार्यक्रम सञ्चालित क्षेत्रमा गहुँको उत्पादकत्व दुई दशमलव नौ मेट्रिकटन प्रतिहेक्टरबाट वृद्धि भई हाल चार दशमलव चार, तोरीको शून्य दशमलव नौबाट वृद्धि भई एक दशमलव पाँच र धानको उत्पादकत्व तीन दशमलव ४७ बाट वृद्धि भई पाँच दशमलव २७ मेट्रिकटन प्रतिहेक्टर पुगेको छ ।
लागत घटाएर कृषिमा आधुनिकीकरण गर्दै उत्पादकत्व बढाउने उद्देश्यले सञ्चालित परियोजनाअन्तर्गत जिल्लामा ‘गहुँ सुपरजोन’ आव २०७३÷७४, ‘तेलहन जोन’ आव २०७४÷७५ र ‘धान जोन’ आव २०७८÷७९ देखि सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।
हाल ‘गहुँ सुपरजोन’ तीन हजार हेक्टर,‘तेलहन जोन’ एक हजार पाँच सय हेक्टर र ‘धान जोन’ आठ सय हेक्टर क्षेत्रफलमा सञ्चालित छ । परियोजनाले ५० प्रतिशत अनुदानमा बीउ, विषादी, आवश्यक कृषियन्त्र उपकरण वितरण गर्नुका साथै प्राविधिक सहयोग गरिएको उहाँले बताउनुभयो ।
चालु आवमा तीन वटै जोनमा आठ हजार नौ सय ३५ किसान आवद्ध रहेका सूचना अधिकारी धामीले जानकारी दिनुभयो । उहाँका अनुसार ‘गहुँ सुपरजोन’ जिल्लाको कैलारी गाउँपालिका, गौरीगङ्गा र घोडाघोडी नगरपालिकाका विभिन्न १८ वडामा, ‘तेलहन जोन’ जानकी, जोशीपुर गाउँपालिका, भजनी, घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाका विभिन्न २९ वडामा र ‘धान जोन’ जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न नौ वटा वडामा सञ्चालनमा छन् ।
![चर्चित मोबाइल एप नेपाली पात्रोले गुगल प्लेस्टोरमा १ करोड डाउनलोड पुरा](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-08%2520171056_vBcvE09BxI_xbkk99rf3evbmdbbyen1gbvssigpsqkzbpegfuvmhjgwpajv98b6rwrbpq4u_lr1ABwmFEs_xryi97emqivrnrjuyuzpcc0onjmbhaodhtukzzcnsdioemkl129u9yfc1di2.png)
चर्चित मोबाइल एप नेपाली पात्रोले गुगल प्लेस्टोरमा १ करोड डाउनलोड पुरा
![उपसभामुख राना नेतृत्वको टोली चीन भ्रमणबाट स्वदेश फिर्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/indira-rana_mivkhNglJa_JcnOLc8ZxL_rpcs1rxk6zsqc6ipkzgpsuu5fjfpecm7om7ywhdh9bevxgftpjtugoptgvj9_yvTev6D7iC_qpdqilnfprl7dmt2qkk3ejv0hvjb46egwolyddykoaanorzj2lu2r0psfnii.webp)
उपसभामुख राना नेतृत्वको टोली चीन भ्रमणबाट स्वदेश फिर्ता
![राखी सावन्तको ड्रामा क्विनखर्च तिर्न पुगे सलमान खान](https://snowberry.prixacdn.net/media/gallery_folder/2023_3image_13_41_149611806rakhi-salman-pk_cootPgCgcb_6j76eub28fbthh1zyr1rbmrga4lfq4wpfnhtbaijh1z7ofeaazmnr8j5ruqw_dzGknu2mMK_n3sbxx8wsk1qe0q1u2ti4gbqxzgyj4j04ifncamekgsinycpiylmr6j4htk0.jpg)
राखी सावन्तको ड्रामा क्विनखर्च तिर्न पुगे सलमान खान
![कुनै समय ट्वाइलेट सफाइ, टेबल पुछ्ने र भाँडा माझ्ने काम गर्थें : एनभिदियाका सीईओ हुवाङ](https://snowberry.prixacdn.net/media/gallery_folder/GOsOlLXbcAAlR2Y_UfzuAsTklV_rb2kfmohduttpghrgqyqvsejiffcjckrtbmeyrvnzqig9ft50mcq2xgntoi5_fYNOXcD6Ii_ckhsh4rihcaztvwcgdz6jbyvjmw71pj4wvzkdirc6w5jftj2pbjemur1boxr.png)
कुनै समय ट्वाइलेट सफाइ, टेबल पुछ्ने र भाँडा माझ्ने काम गर्थें : एनभिदियाका स…
![जसपाका मन्त्रीको राजीनामा ४ दिनपछि स्वीकृत](https://snowberry.prixacdn.net/media/gallery_folder/jasapa-ministers_Qp30FozY4l_5AbReUk7lP_poirmlixkozqgiaqljajzmqssxynsq6odtvg3r6buqobi9r1h6xrdarpzswc_sZ61g34zgS_oba0pwtlnggacssqbofuip4qlbu9ofwmm3tt7p14ax7yal01z2y2kf8fbq32.jpg)
जसपाका मन्त्रीको राजीनामा ४ दिनपछि स्वीकृत
![वाग्मती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेले तत्काल राजीनामा नदिने](https://snowberry.prixacdn.net/media/gallery_folder/1693580658-wIKzA_FVaUf9WwvO_s0h6erestoo6jusoe4l5bxqh9z9suvigkgi8ou9aj2fhkxlo8f5fwq4dzuvc_kbIHDT8HRh_lnffxqh3fijsbhvclz9tki8ra70pxvp4ihkp6c301xysgwzlgwcaffesvhbg.jpg)
वाग्मती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेले तत्काल राजीनामा नदिने
![रास्वपाका मन्त्रीहरुले छाड्न थाले मन्त्री क्वाटर](https://snowberry.prixacdn.net/media/gallery_folder/raswapa_QRbBqoSvks_welilged4wvlwlofxdiuvpffht1bgxnovq42g0u7vfx5qvfojdftluemivtk_mWWwUSOTLR_uesg1as8skpqinoyppdfj2iql6b3dfmkm5t6vbsowtcxl569jycm0mfbc087.jpg)
रास्वपाका मन्त्रीहरुले छाड्न थाले मन्त्री क्वाटर
![अवरुद्ध बेनी–दरबाङ सडक खुल्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/1720434899_sadak-1200x560_IRTHXlMefU_lqt7mfnbnt9mzcwgltdlzfqbwlcrmuem4nnfgavtbz6sz8brafu1kcbp8ww0_RPW6Hf8Hc1_gyoxemvi2rmthsxmheffm0mjylc8moks4kcwlyh5wf7sp2sanmi9q9rjotuf.jpg)
प्रतिक्रिया