करिब ५० वटा युक्रेनी ड्रोन नष्ट गरेको रुसी रक्षा मन्त्रालयको दाबी

रूसी सेनाले रूसी र युक्रेनी क्षेत्रहरूमा गरी  ५० युक्रेनी ड्रोनहरू नष्ट गरेको मस्कोले शुक्रबार जनाएको छ । मन्त्रालयले रूसले कब्जा गरेको दाबी गरेका क्रास्नोडार र रोस्तोभ र युक्रेनको जापोरिज्झिया माथि ड्रोनहरू नष्ट गरिएको बताएको छ, जसलाई रूसले कब्जा गरेको दाबी गरेको छ ।

वायु रक्षा प्रणालीले क्रास्नोडारमा १४ वटा, जापोरिज्झिया क्षेत्रमा २६ वटा र रोस्तोभ क्षेत्रमा  १० वटा युएभी नष्ट गरेको  टेलिग्राममा सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । रूसले जापोरिज्झिया क्षेत्रलाई कब्जा गरेको दाबी गरेपनि, यस क्षेत्रलाई पूर्ण रूपमा नियन्त्रण भने गरेको छैन ।