गाजामा इजरायली आक्रमणबाट मृत्यु हुने संख्या ३७ हजार ८७७ पुगे

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या बढेर ३७ हजार ८७७ पुगेको छ ।

विगत २४ घण्टामा इजरायली सेनाले गरेको आक्रमणमा ४३ जनाको ज्यान गएको छ भने १११ जना घाइते भएका छन् ।जसमा अक्टोबर २०२३ मा प्यालेस्टाइन–इजरायली द्वन्द्व सुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ३७ हजार ८७७ र घाइतेको संख्या ८६ हजार ९६९ पुगेको छ । धेरै पीडितहरूको शव अझै पनि भग्नावशेषमुनि वा सडकमा छ ।