साउथ कोरियामा कामको तनावका कारण रोबोटले गर्याे आत्महत्या

कामको तनावका कारण रोबोटले गरे आत्महत्या !

साउथ कोरियामा आत्महत्यासँग सम्बन्धित एक अनौंठो घटना सार्वजनिक भएको छ। नगरपालिकाका लागि काम गर्दै आएको एउटा रोबोटले आत्महत्या गरेको छ।

डेली मेलका अनुसार साउथ कोरियाको गुमी सिटी नगरपालिकामा काम गर्दै आएको उक्त रोबोटले आफूलाई भर्याङ्गबाट तल खसालेको हो। भर्याङ्गटबा तल खसेको रोबोट निष्क्रिय अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटना पछि प्रहरीले यसबारे जाँच सुरु गर्ने बताएको छ।

उक्त रोबोटले गुमी सहरका नागरिकहरूलाई पछिल्लो १ वर्षदेखि प्रशासनिक काममा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सहयोग गर्दै आएको थियो। उक्त रोबोटसँग सरकारी परिचयपत्र पनि थियो।रोबोट केही समयदेखि कामका कारण तनावमा भएकाले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ।

साउथ कोरियामा सरकारी कार्यालयहरूका प्रत्येक १० कर्मचारीमध्ये एकजना रोबोटले सेवा दिँदै आएका छन्।