५१ लाख डलर फिरौती माग्दै आमाकै अगाडि बच्चा अपहरण

साङ्केतिक तस्विर

बुधबार अपरान्ह हङकङको चेङ क्वान ओबाट अपहरणमा परेका बालकको बिहीबार बिहान प्रहरीले उद्धार गरेको छ।

हिजो साँझ चेङ क्वान ओस्थित एक सपिङ सेन्टरबाट अपहरणमा परेका तीन वर्षीय बालकलाई १२ घण्टापछि आज बिहान साढे ५ बजेको आसपासमा प्रहरीले उद्धार गरेको हो।

स्रोतलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएअनुसार उनलाई चेङ क्वान ओमै रहेको द विङ्स नामक आवासीय भवनको एक फ्ल्याटबाट प्रहरीले उद्धार गरेको हो। उद्धारपछि बालकलाई प्रहरीको निगरानीमा स्वास्थ्य परीक्षणका लागि चेङक्वान ओ अस्पताल लगिएको छ।

बुधबार बेलुका साढे ४ बजे सपिङ सेन्टरबाट बालकलाई जबरजस्ती लगिएको रिपोर्ट प्रहरीले प्राप्त गरेको थियो।स्रोतका अनुसार अपहरणमा पर्दा बालक टीकेओ प्लाजामा आमासहित परिवारका अन्य सदस्यसँग थिए।यसको १२ घण्टापछि अर्थात् बिहीबार बिहान करिब साढे ५ बजे प्रहरीले बालकको उद्धार गर्नुका साथै दुई शंकास्पद व्यक्तिलाई पनि पक्राउ गरेको छ।‘बिहीबार बिहान ५ः२५ मा प्रहरीले बालकलाई उद्धार गर्‍यो र दुई शंकास्पदलाई पनि नियन्त्रणमा लिएको छ,’ प्रहरी प्रवक्तालाई उद्धृत गर्दै पोस्टले भनेको छ।

सामाजिक सञ्जालमा प्रकाशित अनलाइन कुराकानीको स्क्रिनसट, जसमा अपहरणकारीले अमेरिकी डलर ६ लाख ६० हजार फिरौती मागेको देखिन्छ (द स्ट्यान्डर्ड)बुधबार राति अनलाइनमा प्रसारित सीसीटीभी फुटेजमा टोपी तथा माक्स लगाएका व्यक्तिले बालकलाई लैजाँदै गरेको देखिएको छ।त्यस्तै, हिजै अनलाइनमा राखिएका तस्बिरमा अपहरणकारीले एउटा चिर्कटो देखाएका छन् जसमा ‘यदि तपाईँ आफ्नो बच्चा सुरक्षित होस् भन्ने चाहनुहुन्छ भने प्रहरीलाई खबर नगर्नुहोला’ लेखिएको छ।स्रोतलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेअनुसार अपहरणकारीले बालकको परिवारसँग अमेरिकन डलर ६ लाख ६० हजार फिरौती मागेका थिए। जुन हङकङ डलरमा साढे ५१ लाखभन्दा बढी हुन आउँछ।

हङकङको कानुनअनुसार आरोप पुष्टि भएमा अपहरणकारीलाई आजीवन जेल सजाय हुन्छ।