ट्राफिक प्रहरीको इतिहास र विकास तस्बिरमा सार्वजनिक
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Bashanta%2520Bahadur%2520Kunwar%25202_1dugtFSRK0_hncejaly91ok6x0lrlfsjelk9qxx1qpjyif13epakd5emcvirtcoqs80xvlb_Lb03maY3Pw_ns06wwj0ygsme75cbdiwsyvxno8lmmkfmuzh0cgwtarcstihvgcvq8fd5diq.jpg)
काठमाडौँ, २० असार : नेपाल प्रहरीको विशिष्टकृत एकाइका रूपमा रहेको ट्राफिक प्रहरीको सात दशक लामो इतिहास र विकासक्रमलाई तस्बिरमार्फत सार्वजनिक गरिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ‘ट्राफिक पुलिस मिरर’ सार्वजनिक गर्नुभयो ।
उक्त पुस्तकमा नेपालमा सडक यातायात तथा ट्राफिक प्रहरीसँग सम्बन्धित ऐतिहासिक गतिविधिको सङ्ग्रह गरिएको छ । पुस्तकमा ट्राफिक प्रहरीको इतिहास, विकासक्रम, पोशाक परिवर्तन, घोडचढी प्रहरी, सडक सुरक्षा कार्यक्रमसँग हालसम्म गरिएका विविध गतिविधिलाई तस्बिरमा प्रस्तुत गरिएको छ ।
नेपालमा पहिलो पटक सवारीसाधन भित्रिएपछि विसं २००७ मा रामदलमार्फत ट्राफिक व्यवस्थापन गरिएको इतिहास छ । औपचारिक रूपमा २००९ सालमा ‘ट्राफिक पुलिस डिटचम्यान्ट’को नामबाट ट्राफिक प्रहरीको प्रारम्भ भएको थियो । पुस्तकले ट्राफिक प्रहरीको विकासक्रम, त्यसपछिका महत्त्वपूर्ण अभियान एवं गतिविधिलाई तथ्यपरक बनाउने, सडक व्यवस्थापनका मुख्य सरोकारवाला निकायको भूमिका, समन्वय र सहकार्यलाई थप सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ ।
उक्त पुस्तक ट्राफिक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी नायब उपरीक्षकहरु चन्द्रबहादुर थापा, रविन कार्की र सुनिलजङ्ग शाह तथा प्रहरी निरीक्षक जितेश दाहाल र शेखरजङ्ग मल्लले सम्पादन गर्नुभएको हो । ट्राफिक प्रहरीको संस्थागत अभिलेख प्रभावकारी नहुँदा महत्त्वपूर्ण इतिहास लोप हुने क्रममा रहेकाले सो पुस्तक प्रकाशन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी महानिरीक्षक कुँवरले नवीनतम् सोचबाट लक्ष्यित क्रियाकलापले मात्रै व्यावसायिकता अभिवृद्धि गर्नुका साथै समग्र सुरक्षा व्यवस्थापनमा प्रभावकारिता आउने विश्वास व्यक्त गर्दै ट्राफिक प्रहरीका कामकारबाहीलाई अझ जनमुखी बनाउन अनुशिक्षण, अनुगमन, सुपरीवेक्षण र परिमार्जन गरी सुधार ल्याउन निर्देशन दिनुभयो ।
“कतिपय सदस्यको आचरण, व्यवहार र गैरव्यावसायिक क्रियाकलापका कारण सबै सार्थक प्रयास ओझेलमा परेका छन् । जोखिम र चुनौतीपूर्ण कामकारबाहीका बाबजुद समग्र सङ्गठन जनगुनासोका घेरामा उभिनु परेको छ”, महानिरीक्षक कुँवरले भन्नुभयो । उहाँले उपलब्ध स्रोत र साधनको अधिकतम् प्रयोगद्वारा सडक व्यवस्थापन तथा यात्रुको सुरक्षामा ट्राफिक प्रहरीले पुर्याएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले ट्राफिक प्रहरीको इतिहास र विकासक्रमका साथसाथै सडक सुरक्षा एवं ट्राफिक व्यवस्थापनमा गरिएका प्रयास
लाई समेटेर तयार पुस्तक प्रकाशन गर्नु प्रशंसनीय रहेको बताउनुभयो । उहाँले ट्राफिक प्रहरीको इतिहास, स्थापनाकालदेखि हालसम्म आएको परिवर्तन, सञ्चालित गतिविधि तथा ट्राफिक क्रियाकलापलाई समेटी तयार भएको यो प्रकाशन अनुसरणात्मक सामग्रीका रूपमा रहने विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले ट्राफिक प्रहरीको इतिहास, वर्तमान र आगामी परिवेश बुझ्न, अध्ययन गर्न पुस्तक महत्त्वपूर्ण सन्दर्भ सामग्रीका रूपमा रहने विश्वास व्यक्त गर्नुभयो । बढ्दो सहरीकरण र जनघनत्वका अनुपातमा वृद्धि भएका सवारी साधनको सङ्ख्या, सीमित सडक र पूर्वाधारका अभावका बीच ट्राफिक व्यवस्थापनमार्फत नागरिकको जीउधनको सुरक्षा गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएका छन् । आर्थिक वर्ष २०७९÷८० सम्ममा काठमाडौँ उपत्यकामा १८ लाखभन्दा बढी सवारी साधन दर्ता भएका र तीमध्ये दैनिक करिब १४ लाख सवारी साधन उपत्यकाकामा सडकमा गुड्ने आकलन गरिएको छ ।
काठमाडौँमा एक हजार एक सय १३ ट्राफिक दरबन्दी रहेकामा सोभन्दा ६७ प्रतिशत बढी अर्थात् एक हजार आठ सय ६६ जनशक्ति ट्राफिक व्यवस्थापनमा परिचालन भएका छन् ।
ट्राफिक प्रहरीले सडक केन्द्रित सुधारका कार्य, जनचेतना अभिवृद्धि र दुर्घटना न्यूनीकरणमा विशेष योजना अघि बढाउँदै आएको छ । उपत्यकामा बर्सेनि सानाठूला करिब १० हजार सडक दुर्घटना हुने गरेका तथ्याङ्क छ । ती दुर्घटनामा करिब दुई सयको मृत्यु तथा आठ हजारभन्दा बढी घाइते हुने गरेका छन् । मादक पदार्थ सेवन (मापसे) तथा लागुऔषध सेवन (लापसे) गरेर तीव्रगतिमा सवारी चलाउन निरुत्साहन गर्दै दुर्घटना घटाउन ट्राफिक प्रहरीले मापसे र लापसे जाँचलाई तीव्र पारेको छ ।
![सप्तकोशी नदीमा पानीको बहाव बढेपछि खतराको संकेत रातो बत्ती बालियाे](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-06%2520214928_Z5YhoEvxlA_49x2vyix2cdoxgaevdtsye5cpi8gxnxsorebqpcckr18xw9p4yxgirxohthf_X1wM5J9XdC_vtxgfffar9kwvraqp8f1qb3zjpdh0gdxskp301qmgypxbkbvzs6jme9ul1jl.png)
सप्तकोशी नदीमा पानीको बहाव बढेपछि खतराको संकेत रातो बत्ती बालियाे
![जब कुशल रानाले गाउँका सम्भावना थाहा पाए...](https://snowberry.prixacdn.net/media/gallery_folder/1720277688-qD9v3_nSOPOrGJ5E_wdksujnnmh3t79yzsxpcoeorbzhxyg9awymu7wj0wr4jksublxykycqkyn7e_wPTe3F8qJB_x1b8xzise91dcsiuvsxnnrnbmnydtn0h8c4wyez6gbjxkas3xpm3cz1sjyll.jpg)
जब कुशल रानाले गाउँका सम्भावना थाहा पाए...
जोखिम मोलेर नदीबाट दाउरा झिक्दै स्थानीय
![आसाम बाढी : काजिरङ्गा राष्ट्रिय निकुञ्जमा ९२ जनावरको मृत्यु ९५ को उद्धार](https://snowberry.prixacdn.net/media/gallery_folder/gggggggggggg_ijUBh7xZkF_kksrs0b0yca1q20txjxhcccm15xcxoazs4wmunb1tu5zrrwcgm8qmvflbmd5_OdApeAtN5x_ihz93g2v5ucexq7kzquablnjoin1cljdu1upregnyhmetedau94ckdbbdwrl.png)
आसाम बाढी : काजिरङ्गा राष्ट्रिय निकुञ्जमा ९२ जनावरको मृत्यु ९५ को उद्धार
![भारतको बिहारमा चट्याङ लागेर १९ जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/chatyang._eGFKY2y7yv_fjf24eysonb8cricmuk4sszd3olu6xx2mcfp4gjptctvarcnyhz2kil4nnm6_EVO4AbjU6L_idkadiqxfyqeygcok2tfkmcnqxfc8lmii6y2tyljmnm3fymhfppiwwsqpdju.jpg)
भारतको बिहारमा चट्याङ लागेर १९ जनाको मृत्यु
![भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या](https://snowberry.prixacdn.net/media/gallery_folder/india-morder_T90JwmqFYS_pic81arodehivrphpqkvsfw0mlh4emg1u8iesjq8uewoxxnhkbaw76na6lr8_tRDcPRqYbA_f02bqxumyu8cwn2g2hr2pjm2xxrmm88dqbunywwijv4wxura8cw3mprt7ua5.jpg)
भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या
![दाङको लमही नगरपालिकाका मेयर सवार गाडी खोलामा भासियाे](https://snowberry.prixacdn.net/media/gallery_folder/lamahi-meyor_Hj0pUfldEz_vhz6y9siivuljtnop5mu4jp8tlf9uxz8ook4jmhohaofcubbfrguflcorzei_9HzBHQvsPZ_zd8yaxozlzxeocnp9swd8f2hzicx63fy7h4l6vht5e1uhjrym2ovovxrrbpg.jpg)
दाङको लमही नगरपालिकाका मेयर सवार गाडी खोलामा भासियाे
![काभ्रेको भ्याकुरे खोलाले बगाएर दुई जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/images_P4w2AzdbeD_qkbuapl0gxn1dfnnpwklnel3cgjgemselgjjk8t43lvzuvbaslcetjho2z5z_lfy9NKXsgb_kobf8m4erjt4ryrxo31p8qp5wlxbqsncrseecx0nkekwpotz4bbc6a8t6z82.jpeg)
प्रतिक्रिया