तुलसीपुरमा क्षयरोगका बिरामी खोजी अभियान
![](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
तुलसीपुर (दाङ), २० असार : नेपाललाई क्षयरोगका बिरामी मुक्त बनाउने अभियानअन्तर्गत गाउँ–गाउँमा यसका बिरामी खोजी अभियान थालिएको छ ।
अभियान यस वर्ष दाङका तुलसीपुर उपमहानगरपालिका र गढवा गाउँपालिकामा थालिएको छ । सोहीअनुसार गाउँ–गाउँमा गएर क्षयरोगका बिरामी पहिचान गरी उपचार थालिएको तुलसीपुर–४ स्थित हलवार स्वास्थ्यचौकी प्रमुख शिवप्रसाद तिवारीले बताउनुभयो । “अहिले पनि धेरै क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन”, उहाँले भन्नुभयो, “यसका लागि गाउँ–गाउँमा अभियान लिएर बिरामीको खोजी गर्न थालिएको छ ।” क्षयरोगका बिरामीको पहिचान नहुँदा रोग सार्ने जोखिम उच्च रहेको जनाउँदै यो अभियान थालिएको हो ।
गाउँ–गाउँमा गएर खकार परीक्षण गर्ने, गाउँ–गाउँमा गएर यो रोगबारे जनचेतना अभिवृद्धि गराउनेजस्ता कार्यक्रमको कार्ययोजना बनाएर सुरु गरेको उहाँले जानकारी दिनुभयो । जनचेतना कार्यक्रमका लागि आमा समूह, समुदाय, विद्यालय शिक्षा, ‘होर्डिङ बोर्ड’ निर्माण गर्ने, भित्ते लेखन तथा माइकिङ गर्ने कार्य हुने प्रमुख तिवारीले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म तुलसीपुर–४ मा सात जना क्षयरोगीले उपचार गराइरहेका छन् ।
तुलसीपुरमा चालु वर्षमा दुई सय ६५ क्षयरोगी छन् । तीमध्ये एकसय ३२ जनामा खकार देखिएका, ३६ जना खकारमा नदेखिएका र ७२ जना फोक्सोभन्दा बाहिर रहेको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाका श्रोत व्यक्ति विमल केसीले बताउनुभयो ।
उहाँका अनुसार चालु वर्षमा क्षयरोगबाट तुलसीपुरमा आठ जनाको मृत्यु भएको छ । सबै क्षयरोगी सम्पर्कमा नआउने भएकाले पनि उनीहरुको खोजी गर्ने गरी अभियान सञ्चालन हुने उहाँको भनाइ छ । “धेरै क्षयरोगी स्वास्थ्य संस्थाको सम्पर्कमा नआउँदा एथेष्ट जानकारी आउने गरको छैन”, उहाँले भन्नुभयो, “यसले गर्दा क्षयरोगीका बिरामीले अरुलाई पनि सारिरहेका हुन सक्छन्, त्यसैले अहिले सबै वडामा यस्तो कार्यक्रम चलिरहेको छ ।” उहाँका अनुसार आँकडाअनुसार तुलसीपुरमा चारसय ३८ को हाराहारीमा बिरामी पहिचान हुनुपर्ने भए पनि त्यसो छैन ।
तुलसीपुरमा सबैभन्दा बढी ६५ वर्षमाथिका व्यक्तिमा क्षयरोगको समस्या देखिएको छ । चुरोट, गुट्खा, जाँड,रक्सी खाने व्यक्तिमा बढी यो समस्या देखिने गरेको केसीले बताउनुभयो । दाङमा एक हजार चार सय ५३ जना क्षयरोगका बिरामी भेटिएका छन्, भने लुम्बिनी प्रदेशमा आठ हजार ८५ बिरामी छन् । दाङमा क्षयरोग परीक्षणका लागि दुईवटा आधुनिक उपकरण रहेका छन् । एउटा उपकरण घोराही र एउटा लमही रहेका छ । त्यस्तै ‘माइक्रोस्कपी’ २०, ‘डिओटिएस’ ५० छन् । गत आवमा २५ स्थानीय तहमा यो कार्यक्रम चलेको थियो ।
![सप्तकोशी नदीमा पानीको बहाव बढेपछि खतराको संकेत रातो बत्ती बालियाे](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-06%2520214928_Z5YhoEvxlA_49x2vyix2cdoxgaevdtsye5cpi8gxnxsorebqpcckr18xw9p4yxgirxohthf_WO9feFQtku_o5yjcqmne8m4a9gnzbj0ha6aehtyqmo3tlquwfkudl5gnag1vwh5nhb5gzws.png)
सप्तकोशी नदीमा पानीको बहाव बढेपछि खतराको संकेत रातो बत्ती बालियाे
![जब कुशल रानाले गाउँका सम्भावना थाहा पाए...](https://snowberry.prixacdn.net/media/gallery_folder/1720277688-qD9v3_nSOPOrGJ5E_wdksujnnmh3t79yzsxpcoeorbzhxyg9awymu7wj0wr4jksublxykycqkyn7e_4FeJLsKA2h_xvmeealyiyrhmctdga1qhmvoxxieoz3dkaeyxwebd5uazbalczwpoyy4ivez.jpg)
जब कुशल रानाले गाउँका सम्भावना थाहा पाए...
जोखिम मोलेर नदीबाट दाउरा झिक्दै स्थानीय
![आसाम बाढी : काजिरङ्गा राष्ट्रिय निकुञ्जमा ९२ जनावरको मृत्यु ९५ को उद्धार](https://snowberry.prixacdn.net/media/gallery_folder/gggggggggggg_ijUBh7xZkF_kksrs0b0yca1q20txjxhcccm15xcxoazs4wmunb1tu5zrrwcgm8qmvflbmd5_wPDQSh2uN3_kw2yzeglv7o9obeg5efd6vd2yu0tltvevrobi5rezza2h863qs3htuxqyqaz.png)
आसाम बाढी : काजिरङ्गा राष्ट्रिय निकुञ्जमा ९२ जनावरको मृत्यु ९५ को उद्धार
![भारतको बिहारमा चट्याङ लागेर १९ जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/chatyang._eGFKY2y7yv_fjf24eysonb8cricmuk4sszd3olu6xx2mcfp4gjptctvarcnyhz2kil4nnm6_m9FKAbkGCP_zcosn5udm7kmdki0nuscncbzbmmdz0qoscyh4qdd9sh4fxp6ygkzayvhao6f.jpg)
भारतको बिहारमा चट्याङ लागेर १९ जनाको मृत्यु
![भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या](https://snowberry.prixacdn.net/media/gallery_folder/india-morder_T90JwmqFYS_pic81arodehivrphpqkvsfw0mlh4emg1u8iesjq8uewoxxnhkbaw76na6lr8_CWb91Ib2Q8_ixzsafznltgdwznh1a7bjig14doysj1bkiqui2duewpcdsuiarncnkrxrmmi.jpg)
भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या
![दाङको लमही नगरपालिकाका मेयर सवार गाडी खोलामा भासियाे](https://snowberry.prixacdn.net/media/gallery_folder/lamahi-meyor_Hj0pUfldEz_vhz6y9siivuljtnop5mu4jp8tlf9uxz8ook4jmhohaofcubbfrguflcorzei_DxFYo94k5B_jiewcl03pp8yvffymopjhb7csxixt1aemd38vueupvtu5dnto80gaslz3nce.jpg)
दाङको लमही नगरपालिकाका मेयर सवार गाडी खोलामा भासियाे
![काभ्रेको भ्याकुरे खोलाले बगाएर दुई जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/images_P4w2AzdbeD_qkbuapl0gxn1dfnnpwklnel3cgjgemselgjjk8t43lvzuvbaslcetjho2z5z_gdDPzuGzEJ_skt1whxafqwsstu4oh8bbb2rvx9esjj91rq7trzzkmsjjmi9taqvcamlznpf.jpeg)
प्रतिक्रिया