आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो
![](https://snowberry.prixacdn.net/media/gallery_folder/%25E0%25A4%25AC%25E0%25A4%25BE%25E0%25A4%25A6%25E0%25A4%25B9%25E0%25A4%25BF_claePRk6LF_sojd7ulznlmye6j0fhbibevk4nzlspzdnoqxwnnulbgzw8c7j49yarz2fzja_DrULE1D4YK_ol8wetsjxjzr9je9viag4dsfyc7648qay3mlsdlcqfbbl08tsjggqy6mm8sy.jpg)
भारी बर्षापछि आसाममा आएको बाढीको कारण अहिलेसम्म ३८ जनाको ज्यान लिएको छ । विगत २४ घण्टामा बाढीमा डुबेर तीन जनाको मृत्यु भएको छ । जुलाई–२ मा आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए) को बाढी रिपोर्ट अनुसार तिनसुकिया जिल्लामा दुई जनाको मृत्यु भएको छ भने धेमाजी जिल्लामा एक जनाको मृत्यु भई कुल मृतकको सङ्ख्या ३८ पुगेको छ । मङ्गलबार २८ जिल्लाका ११ लाख ३४ हजारभन्दा बढी मानिस बाढीबाट प्रभावित भएकाले राज्यमा बाढीको अवस्था गम्भीर बनेको छ ।
प्रशासनले बाढी प्रभावित जिल्लाहरूमा ४८९ राहत शिविर र वितरण केन्द्रहरू स्थापना गरेको छ जहाँ लगभग दुई लाख ८७ हजार मानिसहरूले शरण लिइरहेका छन् । बाढी घरमा पसेपछि धेरै बाढी प्रभावित मानिसहरूले सुरक्षित स्थान, उच्च भूमि, विद्यालय भवन, सडक र पुलहरूमा शरण लिइरहेका छन् ।
स्थानीय प्रशासन, सेना, अर्धसैनिक बल, एसडिआरएफ र सर्कल अफिसका उद्धार टोलीहरू ठाउँ ठाँउमा उद्धार कार्यमा संलग्न छन् । मङ्गलबार विभिन्न बाढी प्रभावित क्षेत्रहरूबाट लगभग दुई हजार ९०० जनालाई उद्धार गरिएको छ । सरकारले मङ्गलबार बाढी प्रभावितलाई चामल, दाल, नुन र तेल वितरण गरेको छ । एएसडिएमएको बाढी प्रतिवेदनले आठ लाख ३२ हजार ९९ जनावरहरू पनि बाढीबाट प्रभावित भएको जनाएको छ । मङ्गलबार बाढीले ७४ वटा सडक, छ वटा पुल र १४ वटा तटबन्धलाई क्षति पु¥याएको छ भने पाँच वटा तटबन्धलाई तोडेको छ ।
![बुटवल उपमहानगरको बजेट पारित](https://snowberry.prixacdn.net/media/gallery_folder/butwal_napa_nbcBmtQZDV_nncgvi6jeimnhmk0ngnsfsy76skv2t8bjwll8fudqlntmmsb1wnjxbztdol4_MSg4U2AVNU_c2aaftc2w4og8acou5why6idiiilfykp6vza5uinfsfhqnp5q09ikaltsuzy.jpg)
बुटवल उपमहानगरको बजेट पारित
![सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा रामकुमार थापालाई तोक्ने निर्णय](https://snowberry.prixacdn.net/media/gallery_folder/Baideshik-rojgar-nyadhikaran_q7MlHNUvZg_qplztzfwsebfnqoztz0sc2tfpa7pisps4by6sijwzecdc0ixqnhektwmcnoy_5MOigKeqeb_ibjipb823zmi09asedr1g835xfie4ptyfn31jvyqnvqsw8lcbkm3pozqjhya.webp)
सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा रामकुमार थापालाई तोक्ने निर्णय
![ज्येष्ठ नागरिकका लागि स्वास्थ्य शिविर सञ्चालन](https://snowberry.prixacdn.net/media/gallery_folder/heltha-camp_ux8lXMlnBP_tlk9iknplox0tlgg0hbqkheooo5o9vvknv2pib5rgmepbxs6aj8lpaop3fsc_M0FpvvDzVN_zdpmygzimnmflnimkglbqtwkk1w19uwpdc8uluyyvwxkozcdqbqwblxbktje.jpg)
ज्येष्ठ नागरिकका लागि स्वास्थ्य शिविर सञ्चालन
![संसदीय छानबिन विशेष समितिद्वारा गृहसचिवसँग छलफल](https://snowberry.prixacdn.net/media/gallery_folder/1720171447-EPJ7T_jPG2YqTRoj_qifzvoh7fqwoxqn0epizo7xqqfikbln6rck571hbdm7fhc15b6cfflspqgoo_i0msC2fbJt_fdkwqmvvaakumjgiavbtcaenlvjxq0mcp8bbndujazwb12wwz5ed9gl0ed18.jpg)
संसदीय छानबिन विशेष समितिद्वारा गृहसचिवसँग छलफल
![काठमाडौं प्रहरी परिसर स्थानान्तरण,भद्रकालीको नयाँ भवनबाट सेवा दिइने](https://snowberry.prixacdn.net/media/gallery_folder/ktm-district-police_27pqA24gtC_gclgy8ax979hrjbakcm4osmq55c3w60mbijvkxlijeuklezd1sr7iiun4ud2_xgkVUunxzm_wpzx6odcahxdscfba08c1yeasms1aniymsfqxdvfglcprrzwlasxeothxlrb.jpg)
काठमाडौं प्रहरी परिसर स्थानान्तरण,भद्रकालीको नयाँ भवनबाट सेवा दिइने
![विषालु सर्पले डस्दा एक महिलाको शुक्रवार मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/images_o5Umg4Cr3w_25utxsyga7b0sf2u3vqvw8muagnlsxcnn47pwljqycaqlvlhgpvqnkoldxtd_YKJ67h0qYo_s9nxxk5xn3g3n6li8bdhvoe2yky5jq36pvabtewwaxogxurphmddo6atbcee.jpeg)
विषालु सर्पले डस्दा एक महिलाको शुक्रवार मृत्यु
![राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहन्छ : अध्यक्ष नेपाल](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal_1ViZOIYKlI_kkyvo4rdmdqezjv2bgscdhsinurkgtmb16anoro8c88d5hnmggvxyruvsc8s_hleCVxAyeE_fqaqzxhcvsilqsb9evmklsxwdwpome2b6stzxroqzzbe5fmwd9zc7sms6vn4.jpg)
राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहन्छ : अध्यक्ष नेपाल
![युरोकप २०२४ : क्वाटरफाइनलमा आज राति पोर्चुगल र फ्रान्सबीच खेल हुँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/Portugal-vs-France_R0Ga1If9u7_6f46jjmslapffcxhfsk457iavqd505cfazp82j7byvmm8zpd7hfa8uivc73t_OhdMk1ORQO_evy1yvvrlcvol9zvp55zgxco9sdmahixr2y7ny0udvfkg1pylltocprh6rrk.webp)
प्रतिक्रिया