अस्ट्रेलिया सरकारले विदेशी विद्यार्थीले तिर्नुपर्ने भिसा शुल्कमा अत्यधिक वृद्धि

अस्ट्रेलिया सरकारले विदेशी विद्यार्थीले तिर्नुपर्ने भिसा शुल्कमा अत्यधिक वृद्धि गरेको छ । १ जुलाईबाटै कार्यान्वयनमा आएको भिसा शुल्कअनुसार अब विदेशी विद्यार्थीले १६०० डलर झण्डै १ लाख ४३ हजार रुपैयाँ तिर्नु पर्नेछ ।

यसअघि ७१० अष्ट्रेलियन डलर (६३ हजार ३२४) रुपैयाँ रहेको थियो । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजको सरकारले हालै विदेशी विद्यार्थीको संख्यामा कीर्तिमानी वृद्धि भएपछि यो कदम चालेका हुन् । अब यसको असर नेपाली विद्यार्थीमा पनि पर्ने छ ।

गत वर्ष नेपालबाट १ लाख बढी विद्यार्थीले गत वर्ष नो अब्जेक्सन लेटर लिएकोमा ५० प्रतिशत बढी अष्ट्रेलिया पुगेका छन् । यो संख्या यस वर्ष पनि थप बढ्ने भएकाले करोडौं रकम नेपाली विद्यार्थीले अष्ट्रेलिया अध्ययनमा जानका लागि भिसा प्राप्त गर्नका लागि खर्च गर्ने छन् ।   

अस्ट्रेलियाका शीर्ष अनुसन्धान विश्वविद्यालय (द युनिभर्सिटी अफ सिड्नी र द युनिभर्सिटी अफ मेलबर्न लगायत) को प्रतिनिधित्व गर्ने समूह अफ एटले सरकारको यो निर्णयप्रति निराशा व्यक्त गरेको छ ।