युट्युबर मिस्टरबिस्टको गिभअवेमा नेपाली नर्सले सिड्नीमा जितिन ६० हजार अष्ट्रेलियन डलरको कार

अष्ट्रेलियाको सिड्नीमा बस्दै आएकी एक जना नेपाली नर्सले मस्ट्याङ्ग लक्जरी कार जित्न सफल भएकी छिन्। नेपालकी रस्मिता बस्नेतले अष्ट्रेलियामा हालै चर्चित युट्युबर मिस्टर विस्टले लन्च गरेको चकलेट बार खरिद गरेपछि ‘गिभअवे’ प्रतियोगितामा छनोट हुँदै उक्त लक्जरी कार हात पारेकी हुन्।

चकलेटको क्यूआर कोड स्क्यान गरिसकेपछि ‘यू आर विनर’ भनेर तत्काल नोटिफिकेसन आएको भएतापनि स्पाम होला जस्तो लागेको रस्मीता बस्नेतले बताइन्। तर पछि उनीहरुबाट ईमेल भेरिफिकेसन आएपछि साँच्चिकैको विश्वास भएर इभेन्टको लागि इन्भिटेसन प्राप्त गरेको उनले थप बताएकी छिन्।त्यसपनि उक्त इभेन्टमा कुन कार जित्ने भनेर एक प्रतियोगिता आयोजना गरिएको थियो। सो कम्पिटिसनमा फोर्डको मस्ट्याङ्ग जितेको उनले बताएकी छन्। अष्ट्रेलियामा उक्त कारको मूल्य हाल ६० हजार अष्ट्रेलियन डलर भन्दा बढी पर्ने जनाइएको छ।

लगभग ३ सय मिलियन सब्सक्राइबर रहेको अमेरिकाका युट्युबर मिस्टरबिस्टले आफ्नो सोसल मिडियाको च्यानलमार्फत अष्ट्रेलियाको  सिड्नीमा फेस्टिबल चकलेट बार लन्च गर्ने घोषणा गरेका थिए। सिड्नी ओपेरा हाउसमा आयोजना गरिएको लन्च प्रोग्रमका दौरान मिस्टरबिस्टले एउटा कम्पिटिसन (प्रतियोगिता) का साथै ‘गिभअवे’ पनि अयोजना गरेका थिए।

मिस्टरबिस्ट चकलेट स्न्याक ब्रान्ड कम्पनी, फेस्टेबल्सको संस्थापक पनि हुन्।मिस्टरबिस्टको उक्त चकलेट खरिद गरेपछि मानिसहरु कार गिभअवेको लागि छनोट गरिएका थिए भने छनोट भएकाहरुले मात्र प्रतियोगितामा भाग लिन पाएका थिए।सिड्नी ओपेरा हाउसमा आयोजना गरिएको विश्वका सबैभन्दा ठूलो युट्युब स्टार मिस्टर विस्टको उक्त ‘गिभअवे’ मा एक भाग्यशाली फ्यानको लागि प्रमुख उपहारको रुपमा ४ लाख ५० हजार अमेरिकी डलरको ल्याम्बोर्गिनी हरिकेन गाडी राखिएको थियो। उक्त कार अष्ट्रेलियाका एक युवाले प्रतियोगिताको दौरान फुटबललाई हातले प्वालमा पसाएर स्कोर गर्दै जित्न सफल भएका थिए।

त्यसैगरी ‘गिभअवे’ मा नौ अन्य विजेताहरू पोर्स, टेस्ला, मर्सिडीज, स्कूबी डू मिस्ट्री मेसिन भ्यान र जुरासिक–पार्क–थीम्ड फक्सवागन, मस्ट्याङ्ग लगाएतका कारहरु उपहारको रुपमा रखिएका थिए।

प्रतियोगितामा स्कोर गर्नका लागि रखिएको प्रत्येक होल्स (प्वालहरु) ले विभिन्न फरक– फरक कारहरुको प्रतिनिधित्व गर्ने र प्रतियोगिहरुले पालैपालो हातले प्रहार गरेर फुटबललाई होलमा स्कोर गरेको खण्डमा होल अनुसार कार प्राप्त गरेका थिए।