भारतमा सत्संगको क्रममा भागदौड हुँदा १२२ भक्तजनको मृत्यु, २२ आयोजकमाथि एफआईआर दर्ता

 भारतको उत्तर प्रदेशको हाथरसमा सत्संगको क्रममा भागदौड हुँदा १२२ भक्तजनको मृत्यु भएको छ ।

भारतीय मिडियाहरुले भागदौडमा १२२ जनाको मृत्यु भएको र डेढ सय भन्दा बढी घाइते भएको उल्लेख गरेका छन् ।हाथरसका डीएम आशिष कुमारले सय जना भन्दा बढीको मृत्यु भएको र मृतकको यकिन संख्या अझै भन्न नसकिने जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।घटनाको छानबिन गर्न उच्च अधिकारीहरूको एक छानबिन समिति गठन गरिएको बताइएको छ । २२ आयोजकमाथि एफआईआर दर्ता गरिएको छ । उक्त सत्संग गराउने बाबा भने फरार भएका छन् । 

उत्तर प्रदेश मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा हाथरसमा दुर्घटनामा मारिएकाहरूका शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गरेको छ । मुख्यमन्त्री योगी आदित्यनाथले घाइतेको शल्यक्रिया र उचित उपचारका लागि निर्देशन दिइएका छन् ।

उक्त सत्संगमा २२ हजार भक्तजन रहेको बताइएको छ ।