‘ड्रागन’खेतीबाट प्रशस्त आम्दानी गदै ढकाल
![](https://snowberry.prixacdn.net/media/gallery_folder/gggggggggggggggg_n5IrfJ2DMC_lmp3hngzg39umacij5cfg8rzj3rguduleu84gfp7xo8zrpwmzqjmby3lsfk8_mWjlsYMg9Z_7azzwiwvhpx17parjwql53uvmk28clgoz4wkpborufcwwjdkilfpdzrpbra8.jpg)
काठमाडौँ, १८ असार: राजनीतिकसँगै ड्रागन फल खेतीमा लागेका कैलालीको लम्कीचुहा– १ का गणेश ढकाललाई यति बेला भ्याइनभ्याइ छ । राजनीतिकसँगै उत्पादनसहितको आयआर्जनमा जोडिनुपर्छ भनेर उहाँले तीन वर्षअघि विसं २०७८ देखि ड्रागन फल खेती सुरु गर्नुभएको थियो ।
यस क्षेत्रमा धेरैलाई ड्रागनखेती गर्नुपर्छ भन्ने थाहा थिएन तर विभिन्न माध्यमबाट उक्त खेतीबारे जानकारी पाएका ढकालले तीन वर्षअघि रु सात लाख लगानी गरेर व्यवसाय सुरु गर्नुभएको थियो । उहाँले दाङ र बाँकेबाट आठ सय बिरुवा ल्याएर खेती सुरु गरेको बताउनुभयो । ती बिरूवाले यतिखेर प्रशस्त उत्पादन दिइरहेका छन् ।
‘भूमिपुत्र कृषि तथा पशुपक्षी फर्म ड्रागन पार्क’ नामक फार्म स्थापना गरेर ड्रागनको खेती सुरू गनुभएका ढकालले एक वर्षमै फल र बिरूवा बेचेर मनग्य आम्दानी भइरहेको बताउनुभयो । उहाँको फार्ममा ‘मलेसियन रेड’ प्रजाति (रातो फल) को ड्रागन लटरम्मै फलेको छ । साथै यो वर्षदेखि उहाँले ‘हाईब्रेड सि’ रेड प्रजाति (रातो फल) को ड्रागन फलसमेत लगाएको जानकारी दिनुभयो । “यस क्षेत्रमा कसैले पनि ड्रागन खेती गरेका थिएनन् तर माग भने बढ्दो थियो, त्यसै कारण तीन वर्ष अगाडि व्यवसाय सुरुआत गरेँ । पहिलोपटक खेती गर्न लागेकाले सफल होला वा नहोला भन्ने अन्योल र चिन्ता थियो तर अहिले राम्रो आम्दानी दिइरहेको छ, यति छिटो आम्दानी देला भन्ने सोचैकै थिइन”, ढकालले भन्नुभयो ।
विसं २०४७ सालदेखि विद्यार्थी राजनीतिमा लागेको बताउने ढकाल १० बर्से जनयुद्धमा समेत सामेल हुनुभयो । उहाँ विप्लव सी नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टीमा आवद्ध हुनुहुन्छ । पार्टी कामकै सीलसीलामा देशका विभिन्न भागमा जानेक्रममा दाङ र बाँकेमा गरिएको ड्रागन फल खेतीबाट सामान्य जानकारी पाएपछि आफैँंले खेती सुरु गरेको ढकालले बताउनुभयो ।
पानी नजम्ने बलौटे माटोमा फल्ने ड्रागन फलले वैशाखदेखि कात्तिकसम्म फल दिने गरेको छ । स्वादिलो तथा पोषिलो यो फलको माग राम्रो रहेको थाहा पाएपछि यसतर्फ लागेका ढकालले वार्षिक आठ क्वीन्टलसम्म फलको कारोबार गरिसक्नुभएको छ । उहाँले पहिलो वर्षमा ६० किलोग्राम फल बेचेर रु चार लाखबढी आम्दानी गरेको बताउनुभयो । दोस्रो वर्षमा आठ क्वीन्टल फल र एक हजार बिरुवा बेचेर रु छ लाख आम्दानी गर्नुभएका ढकालले यो वर्ष १६ क्वीन्टल फल र तीन हजार बिरुवा बिक्री गरी १२ देखि १५ लाखसम्म आम्दानी गर्ने लक्ष्य रहेको सुनाउनुभयो ।
बजारमा ड्रागन फल प्रतिकिलो रु सात सय ५० पर्ने गरेको छ तर उहाँले बारीबाटै रु छ सय ५० मा बिक्री गरिरहनुभएको छ भने बिरुवा दुई सय ५० मा बेचिरहनुभएको छ । उहाँले तीन जनालाई रोजगारीसमेत दिनुभएको छ ।
ढकालले एउटा बोटमा पाँच किजीसम्म फल लाग्ने गरेका र उत्पादित फल स्थानीय लम्की बजारका साथै धनगढी, नेपालगञ्ज र सुर्खेतसम्म पठाउने गरेको जानकारी दिनुभयो । “स्थानीय र जिल्लामा रहेका बजारका साथै टाढाबाट पनि माग आइरहेको छ तर सीमित उत्पादनका कारण मागपूर्ति गर्न सकेको छैन । खेती विस्तार गर्ने योजनाबारे सोच्दैछु”, उहाँले भन्नुभयो ।
![बैतडीका १८ विद्यालयको एसइई नतिजा शून्य](https://snowberry.prixacdn.net/media/gallery_folder/SEE-1280x720-1-exam%2520(1)_UxqRYXVYNM_jpfkitapuyukqxur5fefmv6glieorkrkheqsjsn2ooddki4x3p46cyjr3zaw_yR9HvCySiw_zpos7vlljzv61iu68zt4hvy7io7ywi0gdyuypvkg7glb4m4gamjt1lfbq1jy.jpg)
बैतडीका १८ विद्यालयको एसइई नतिजा शून्य
![एमालेले प्रधानमन्त्रीलाई भन्यो : सरकार अल्पमतमा परिसक्यो, दीर्घकालीन असर पर्ने काम नगर्नु](https://snowberry.prixacdn.net/media/gallery_folder/uml_letter_for_prachanda_6RCySL5dvW_Sr2V0Zr9mz_jnzinp8mjn7sbzrok21s1pd2slljhl5xoge3ublcq2cqqkrhaufdkkb6bwto_Rb0aPxZEl3_gxnpvworrpzsl4b8emarh19t3tczckrljvrpo8hiiryszmzjfxfvgglwhpov.jpg)
एमालेले प्रधानमन्त्रीलाई भन्यो : सरकार अल्पमतमा परिसक्यो, दीर्घकालीन असर पर्ने क…
![उत्तरी क्यालिफोर्नियामा जङ्गली डढेलो , सरकारले हजारौँ मानिसलाई घर छाड्न आदेश](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-04_15-59-01-397_qck6dRulMV_kjdh01wfb7njsxgca953dao0wkr3okfinqynjzh9fhlq93aohkvbfdajnvel_pkT6SbSvzO_qhm2bewk20iypxqkatrulawozsxprqxfy6vevlp4bzwcuew03jm5rkttyhfx.png)
उत्तरी क्यालिफोर्नियामा जङ्गली डढेलो , सरकारले हजारौँ मानिसलाई घर छाड्न आदेश
![चिनियाँ प्रधानमन्त्रीद्वारा एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगको आह्वान](https://snowberry.prixacdn.net/media/gallery_folder/chinese-premier-calls-for-international-ai-cooperation_79ROKaL6sI_m3w4ka9uhwdndrl5jojuan9katbflti77e3gma0zeyiotqcfsvmt4rftqswq_VHQ1vyYpjR_lgtoxkcv4evijqeyzmxmcygtjhjjhqhzaq4bo4de0ggafwkekfgphta42xeq.webp)
चिनियाँ प्रधानमन्त्रीद्वारा एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगको आह्वान
![चिनियाँ प्रधानमन्त्रीद्वारा एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगको आह्वान](https://snowberry.prixacdn.net/media/gallery_folder/chinese-premier-calls-for-international-ai-cooperation_79ROKaL6sI_m3w4ka9uhwdndrl5jojuan9katbflti77e3gma0zeyiotqcfsvmt4rftqswq_2IFkHwDhAn_uimoul989d6m6vyfusgvvfuy37tmqogqo49r80447krtwmvhufzk4jcdyczg.webp)
चिनियाँ प्रधानमन्त्रीद्वारा एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगको आह्वान
![साताको अन्तिम दिन : १५ दशमलव ४६ अङ्कले बढ्याे नेप्से,](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-03_13-35-49-982_171aVsdDbP_ovktc9xkci4ssnkx9npgfide9eqxz1lgq0zuxn8zv8ivocieynjr2xoayrri_sdK0ydKXJo_6wc7a3gxt8bnis0pruhepet6polt3pm8xqos6gahp9vddumyrkxvz9ib2m66.jpg)
साताको अन्तिम दिन : १५ दशमलव ४६ अङ्कले बढ्याे नेप्से,
![कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : तीन समिति गठन](https://snowberry.prixacdn.net/media/gallery_folder/thumb_kUK6sxFlPD_oo3maay7sbjbt5b0imfwpld6dsmohrzkugkzyvyg0grf6h4bxfpivyhixrii_hq7wndbtp5_6rcg5fbt4goeynsflt2gtnhnvoey5srouw00jrdlyzbm4df3mrk5cbdeu6pg.jpeg)
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : तीन समिति गठन
![बिहे गरेर कर्मघरमा भित्रिनासाथ बेहुलाले गरे आत्महत्या , बेहुलीको उजाडियो सिउँदो](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-04_15-22-39-312_pgijPG6Yzw_jflqali2i2wviwofb1glywaixjccjioozkpsdnvg4lurritxjuqlta24eyyg_4KUbUPqRyM_5ikj1oets5vc33cz4s6aiay4k068eulzrqvgvqrmz4yem6vde06j9xsq3koy.png)
प्रतिक्रिया