वीर अस्पताले आइतबारदेखि अब दैनिक ५ सय जनासम्मको कोरोना परीक्षण गरिने

विश्व्यापीमहामारी कोरोना भाइरको कारणले दिनप्रदिन संक्रमणको संख्या थपिदै गएको छ ।

वीर अस्पतालले आइतबारदेखि पाँच सय जनासम्म कोरोना भाइरसको आशंका गरिएका व्यक्तिको नमुना परीक्षण गर्ने भएको छ ।

व्यापकरुपमा कोरोना संक्रमणको संख्या बढेकोले वीर अस्पतालले आइतबारदेखि अब दैनिक पीसीआर परीक्षण गर्ने छ ।

वीर अस्पतालले नयाँ पीसीआर मेसिन ३४ लाखमा खरिद गरेसँगै पुरानो र नयाँ पीसीआरबाट दैनिक पाँच सयसम्म कोरोना परीक्षण गर्ने ।

अस्पतालका निर्देशक डा केदार सेन्चुरीले नयाँ पीसीआर मेसिन बिहीबार जडान गरिएको जानकारी दिए ।

उनका अनुसार अब आइतबारबाट नयाँ पीसीआरको काम सुरु हुनेछ ।

नयाँ र पुरानो गरेर मेसिनबाट आइतबारदेखि दैनिक पाँच सयवटा कोरोना भाइरसको आशंकामा आएका व्यक्तिहरुको नमुना परीक्षण गर्न सकिन्छ ।

अस्पतालले अहिलेसम्म पाँच हजार सात सयजतिको कोरोना परीक्षण गरिसकेको सेन्चुरीले जानकारी दिए ।