म्याग्दीका किसान टिम्मुरखेतीतर्फ आकर्षित
![](https://snowberry.prixacdn.net/media/gallery_folder/ds-galeshower-huide-aalu-kheti-1-scaled-e1704427621719_vVXFyrHdxi_ujn1jkmq1wluqpzwb9vk6uz31vruncspptkbg2oc2vgi3eqardly4926mv8t_o8658IhFKl_fr6bfgpva48ihxk7akmjbjq7iymkpngypagniatjnb7dr4gks66gccdyqgju.jpg)
म्याग्दीको बेनी नगरपालिका–३ मुसुङका लालबहादुर घर्ती यतिखेर खेतमा रोपाइँ गर्दै हुनुहुन्छ । रोपाइँमा व्यस्त भए पनि उहाँको ध्यान भने पाखो र खेत नजिकैको खाली जग्गामा लगाएको टिम्मुरका बोटमा पुगेको देखिन्छ ।
घर्तीले आफ्नै बारीमा नर्सरी स्थापना गरेर टिम्मुरका बिरुवा उमारी बिक्री गर्दै आउनुभएको छ । डिभिजन वन कार्यालय, उद्योग वाणिज्य सङ्घलगायत सङ्घसंस्थाको पहलमा प्राविधिक तालिम लिएर स्थापना गरिएको नर्सरीबाट रु २५ मा प्रतिबिरुवा बिक्री हुने गरेको घर्तीले जानकारी दिनुभयो ।
म्याग्दीमा टिम्मुरखेती व्यावसायिक बन्दै गएको छ । खेतबारीका कान्ला र बाँझो जग्गामा मात्रै होइन खेतीयोग्य जमिनमा पनि अरू खेती छोडेर यहाँका किसानले टिम्मुरखेती गर्न थालेका छन् । बेनी वडा नं ३ भकिम्ली, वडा नं ९ घतान, तोरीपानी र वडा नं १० पात्लेखेतसहित मालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकामा व्यावसायिकरुपमा टिम्मुरखेती गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
अन्य अन्नबाली छाडेर खेतबारी, निजी तथा सामुदायिक वनमा टिम्मुरखेती गर्न थालिएको कार्यालयका सहायक वन अधिकृत एवं टिम्मुरविज्ञ चन्द्रमणि सापकोटाले जानकारी दिनुभयो । एक दशकअघिसम्म त्यत्तिकै खेर गइरहेको टिम्मुरको पछिल्लो समय स्वदेश तथा विदेशबाट अत्यधिक माग हुन थालेपछि यहाँका किसान टिम्मुरखेतीमा आकर्षित भएका उहाँको भनाइ छ ।
जिल्लामा २० समूह गठन गरी टिम्मुरखेती विस्तार भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ । टिम्मुरविज्ञ सापकोटाले सामुदायिक वनमा रहेको टिम्मुर आर्थिक अवस्था कमजोर भएका र एकल महिलाले सङ्कलन गरेर बिक्री गर्ने गरेका बताउनुभयो । पाँच वर्ष अघिसम्म ६० घरधुरीले टिम्मुरखेती गरेकामा अहिले करिब एक सय ५० घरधुरीले टिम्मुरखेती गरिरहेका उहाँले जानकारी दिनुभयो ।
टिम्मुरखेतीलाई प्रोत्साहन गर्न जिल्लास्थित उद्योग सङ्घले विभिन्न किसिमका औजारसहित तालिममा सहयोग गरिरहेको छ । ‘एक गाउँ एक उत्पादन’अन्तर्गत तोरीपानीसहित विभिन्न गाउँमा १९ हजार पाँच सय बिरुवासहित प्राविधिक सहयोग गरिएको सङ्घले जनाएको छ ।
जिल्लामा किसानले टिम्मुर प्रशोधन गर्ने औजारसमेत ल्याएका छन् । तोरीपानीका नीलपहरा सामुदायिक वन उपभोक्ता समूहले टिम्मुर सुकाउने, प्रशोधन गर्ने, तौलने, मसला बनाउने औजार खरिद गरेको छ । वन डिभिजन कार्यालयको रु १० लाख अनुदानमा ती औजार खरिद गरिएको स्थानीय टेकबहादुर चोखालले बताउनुभयो ।
तोरीपानी गाउँबाट वार्षिक छ हजारको हाराहारीमा बिरुवा जिल्लाबाहिर बिक्री हुने गरेको छ । एकजना किसानले छ किलोदेखि माथि टिम्मुर उत्पादन गर्दै आइरहेका छन् । प्रशोधन औजारको प्रयोगसँगै मसला बनाई बजारमा बिक्री गर्न, मिसावट रोक्न, गाउँकै ‘ब्रान्ड’लाई स्थापित गर्नलगायत बजारीकरणमा सहज भएको कृषक समूहले जनाएको छ । जिल्लामा वार्षिक पाँच हजार किलो टिम्मुरको माग भए पनि वार्षिक तीन हजार किलो मात्र उत्पादन हुने अनुमान गरिएको छ । यहाँको टिम्मुर विदेशमा समेत निर्यात हुने गरेको छ ।
म्याग्दीका गाउँमा फलेको टिम्मुर स्वादिलो हुने भएकाले पनि व्यापारी गाउँमै पुग्ने गरेका बेनी–३ मुसुङका अगुवा कृषक लालबहादुर घर्तीले बताउनुभयो । उहाँका अनुसार गाउँबाटै प्रतिकिलो रु एक हजार छ सयदेखि रु दुई हजारसम्ममा बिक्री हुने गरेको छ ।
![अवैध रूपमा लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित एक विदेशी दम्पती पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-03_13-32-00-506_G3GvdrOQwU_zq1srjodlxzjjnczopz9h8ucmx2aiqlxzv1nnmj4z9ryatuqedxlabywrkrg_rWtAg0syLq_neecaymtcsfll8un54mdpp3nio9mn9s5hz51wm66yigihh07zevmykrhett8.jpg)
अवैध रूपमा लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित एक विद…
![नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए](https://snowberry.prixacdn.net/media/gallery_folder/448886074_1034485718355469_9000103844315410164_n_40pXURszFC_3ou5vctzwxyytdsqldzebrodsaocvjhg5vlnzlqoaidhlyodsnuk7qihpiqf_JgJeNrW1HF_tnkfo7vuuvfggwobee8noiw4xcxy9omowthb3hk89a8m2ygqnbfdbjy5cmzb.jpg)
नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए
![कांग्रेस-एमाले गठबन्धनको मुख्य उद्देश्य भ्रष्टाचारका ठूला काण्ड दबाउनुमात्रै : राप्रपा](https://snowberry.prixacdn.net/media/gallery_folder/rpp-nepal-kamal-thapa-3-19_94RjfbcGDq_i553ictvwr35frv7joetyfl8obrubvw5qvuascpmfosloen7o92nd7w9sagz_TqEMwxGz9t_ylzlnxouxlwsgwhufdvreelumiokclbby35blxxsksymbpfu2relbidwav0h.jpg)
कांग्रेस-एमाले गठबन्धनको मुख्य उद्देश्य भ्रष्टाचारका ठूला काण्ड दबाउनुमात्रै : र…
![धादिङको पार्किङमा राखेको गाडीमा अज्ञात व्यक्तिले सुटकेश छाडेर हिँडेपछि स्थिति तनावग्रस्त](https://snowberry.prixacdn.net/media/gallery_folder/Dhading-Car-sankaspad-bastu-Suitcase_6EPZYNSRfi_96r6xvp1pz6bsv4s1ebsnvlps7fjhfnr2zulazkeks7hj3kl62kzvh8qsuxj_0PPD8RmhUv_2r9c2fe03krrj192qdoccvxt3b3drfxcygwsbc65hyghpccznxxnnad0ocwe.jpg)
धादिङको पार्किङमा राखेको गाडीमा अज्ञात व्यक्तिले सुटकेश छाडेर हिँडेपछि स्थिति…
![नगरका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने गरी चन्द्रागिरि नगरपालिका र एन आई सी एशिया बैंक बीच सम्झौता सम्पन्न](https://snowberry.prixacdn.net/media/gallery_folder/IMAGE%2520on%2520FD%2520agreement%2520with%2520Chandragiri%2520Municipality_hwVFmPHG4n_gzvnndasi9sj00qxgzsjfejrzb2otcun4sf7sr4pjuafmrbptwqirfqvjcli_t35Oz2SdsP_xyw0tdshidvaxyrkkpljeqfkc8aqs1pegbmv6ofuvp1w4eibezfrlncyfvry.png)
नगरका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने गरी चन्द्रागिरि नगरपालिका …
![धार्मिक सभामा भागदौडका कारण मृत्यु हुनेहरूप्रति नेपालद्वारा दुःख व्यक्त](https://snowberry.prixacdn.net/media/gallery_folder/hathras-satsang-pti2-1719930757_dt7vvCPhcl_cnsyrqpue2trfyjofgidi8jys9vvar2carf7xqjwckkkt6jwjlpqmaskcycz_7mbfXdinpY_2prywxkyqm9e1ikwzgche4cqdulhnvb9qgmucrdy4ti6cjtjihpmeqaadnfr_CadPzXXj7u_bestike8dz5swcs3ehfvifwakrfw8vpfqverbqk6tv8ovzu3mpz9owsqciup_IWJKZAuenC_cduwg83c4h2ulvmjz5gsmdkqmwpxz70gxdh8eqxydn95ehpkgni1eyrck3ol.jpg)
धार्मिक सभामा भागदौडका कारण मृत्यु हुनेहरूप्रति नेपालद्वारा दुःख व्यक्त
![नागढुङ्गा–नौबिसे सडक आज र भोलि राति बन्द](https://snowberry.prixacdn.net/media/gallery_folder/jam_ywjiEQMvou_rxlhpovvrzxd6fxk7yaibfyboiymewrk56zhwkpy017wkqsqkkdc80jrnnmq_yObCs2jenq_r95e2dtckd1vkolgsdapdeevcdbqlwfcwdqnxfd01jrw7s48exm3wupzayw7.png)
नागढुङ्गा–नौबिसे सडक आज र भोलि राति बन्द
![बिरामी बच्चाका लागि औषधि किन्न गएकी महिला अजिंगरको आहार बनिन्](https://snowberry.prixacdn.net/media/gallery_folder/python-_HgYpdUcdkI%2520(1)_QR2ZUlrvOB_wiw88m6f849tcl16bw2xinela4ap2bru7qmiqswbpxftmqrggi4offcvs3su_FaQi4jcUVB_vvc79fjhjuirblxe2todfnly41fgfc2l73enjsvgymjy8szkts2thfem6fgz.webp)
प्रतिक्रिया