उद्योगमन्त्री भण्डारीद्वारा प्रमुख सचेतकहरुसँग छलफल
![](https://snowberry.prixacdn.net/media/gallery_folder/download%2520(1)_Q58Dlh6veX_jgcngdcvg8myyriitlbmqiaxhq4iyioczlwwnazkwzvcuiao17xxux3ax2so_VF5P0jKUqo_lgavlikca2ukyafdqwbghtlmlxlxuw1t7rz7g8wctpwcur8j1g2tukvdyoty.jpeg)
काठमाडौँ, १७ असार : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तीन मुख्य दलका प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएको छ । लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ मा प्राप्त संशोधनबारे उहाँले प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएको हो ।
मन्त्रालयमा आज भएको उक्त छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा (एमाले) का महेश बर्तौला र नेकपा (माओवादी केन्द्र) का हितराज पाण्डेसँग मन्त्री भण्डारीले छलफल गर्नुभएको हो । सो क्रममा उहाँले लगानी सहजीकरण सम्बन्धी कानुन लचकताका साथ संसद्बाट पास गर्न प्रमुख सचेतकहरुसँग आग्रह गर्नुभयो । लगानीमैत्री वातावरण बनाउन सबै राजनीतिक दलको सहयोग आवश्यक रहेकाले सहयोगका लागि मन्त्री भण्डारीले उहाँहरुलाई आग्रह गर्नुभयो ।
कांग्रेसका प्रमुख सचेतक लेखकले आफ्नो पार्टीका संशोधनकर्ता सांसदहरुसँग छलफल गरेर सहजीकरणको वातावरण बनाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले लगानी सहजीकरणका लागि केही बुँदा संशोधन गर्न आवश्य रहेको बताउनुभयो ।
एमालेका प्रमुख सचेतक बर्तौलाले उद्योग कलकारखाना स्थापनाको विषय सबै दलको साझा ऐजेण्डा भएकाले सत्ता पक्ष र विपक्ष नभनीकन दलिय स्वार्थभन्दा माथि उठेर कानुन निर्माणमा जुट्नुपर्ने बताउनुभयो । केही जटिल बुँदामा संशोधन आवश्यक रहेको उहाँको भनाइ थियो ।
माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले संशोधन प्रस्ताव राख्नु उचित भए पनि समय अभावका कारण नगरी नहुने विषय मात्र संशोधन गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । छलफलका क्रममा वनसँग सम्बद्ध निकुञ्ज र मध्यवर्ती क्षेत्र तथा जग्गा हदबन्दीका विषयमा संशोधन जरुरी रहेको औँल्याइएको थियो । उक्त छलफलमा सरोकारवाला मन्त्रालयका सचिवसमेत सहभागी हुनुहुन्थ्यो ।
![भूकम्पबाट छियाछिया भएको भूमिमा नबस्न आग्रह](https://snowberry.prixacdn.net/media/gallery_folder/JajarkotBuildingasdas-1699631445_xNhU6X4Sgx_fzacr4xesxwq6gsolgncj8z9xy2bynb8r3oegc9niemo55ral4si2w2kbpi5_UEuw2eeurr_2y2m99dirdq9284unr2z0o2cguqyzpettwmsiybqz9yfk245rg53wchqm8ls.jpg)
भूकम्पबाट छियाछिया भएको भूमिमा नबस्न आग्रह
![गृहमन्त्री लामिछानेलाई भ्रष्टाचारको फाइल खोल्न विश्वप्रकाशकाे चुनौती](https://snowberry.prixacdn.net/media/gallery_folder/bishwoprakash%252520final_KtCmKOUAi3_i9vavqrkzp8jotyvey7nbti804t9abwqugrhxiv5byiq8aw2os7x6re9pcoh_iPZNTZf55W_una8e9k9m0nruo42tpktwonataq83a6o5bdosuxfdacasgxrj4c7ueur29tg_SklKdf5U17_ycf4lbe9yl4xtn1wvcfqxmlsbgfw9xsiqqjdwerpcnfjdmqqs8og230xj3mg_p5VpRX0Wj2_fzpatsal7sa92zvgnzmonfgwdgwqtiz85dtfj6ntw42xbnzmt5nsx21wkdxs.jpeg)
गृहमन्त्री लामिछानेलाई भ्रष्टाचारको फाइल खोल्न विश्वप्रकाशकाे चुनौती
![कांग्रेसले पनि माग्याे प्रचण्डकाे राजीनामा](https://snowberry.prixacdn.net/media/gallery_folder/buda_BCqYK6v75w_w0StSkPDCr_JPZWXUbHHU_6dxe8sb8ph0btg0zsf2nlmj8nvqxcjw2hnuukslvffiecr6i8onhqaz41w3w_TZ22vPNhMG_qdrco8oipbb3sfkqk6qb5bioxe5vna1izljlpedmml06dgkysoby0mg2qfcr.jpg)
कांग्रेसले पनि माग्याे प्रचण्डकाे राजीनामा
![नेपाली कांग्रेसले पहिलो चरणमा सरकारको नेतृत्व एमालेलाई दिने ठाेस निर्णय](https://snowberry.prixacdn.net/media/gallery_folder/buda_BCqYK6v75w_w0StSkPDCr_R0JyyV9pFR_kec1sqpnj1pcios6xyafj6bdnw3ivd8ukh7tvwodqg9lgupnsuaxlykhgjep_Py7ggLgCQe_6hxpib2rvmjzl3v6dhclktdwwoodenfmmpvxcakspbp36ei7u27j8pwp21em.jpg)
नेपाली कांग्रेसले पहिलो चरणमा सरकारको नेतृत्व एमालेलाई दिने ठाेस निर्णय
![ढिलोसम्म सुतेर भारतविरुद्धको खेल गुमाएका बङ्गलादेशी बलर तस्किन अहमदले मागे माफी](https://snowberry.prixacdn.net/media/gallery_folder/b697995bf26ffc3508fa5a3a2f3c29f3_rYT2cMXxF8_qf9wjd8xps135k7leqlxthaqqlrovvwn42c233hlkqcgmwahjyy7sw2fysuf_P9tvYdpu7S_soqhy79agnaosfxuokbmanr3nn4cpq8zywzfjobmjpadh8pplwiuzz8ooaag.webp)
ढिलोसम्म सुतेर भारतविरुद्धको खेल गुमाएका बङ्गलादेशी बलर तस्किन अहमदले मागे म…
![आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/NOC_Bhairawaha_Land_Mangement1_TCNqCCfV4o_pdibyb2rq0ngexhkzrc6degsgixm17gcrzr7odg1uldjwkg8np7yrzstja6n_EVmOB9QWZh_pkpp45hkts6bpmbsw9dasljteir7ftxmwhjxqpapvibf7gnrzxv8xnpmiwiy.jpg)
आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै
![दर्ता नगरी मेनवापर सञ्चालन गरी ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
दर्ता नगरी मेनवापर सञ्चालन गरी ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ
![बैसरीमा पहिरोले पुरिएको इको भ्यानबाट चालकसहित ३ जना सशुकल उद्धार](https://snowberry.prixacdn.net/media/gallery_folder/1719984939_van-1200x560_IDBIGDEuOc_zolsxt4b0rcwbdyslgevoqtpwt99eucoate8w48sdz2fdz4jcmf9hpo08lsd_HCFKTjaX0i_u0ank4tsksktrpm5khw6rkcijrexpdefnphiznolv9xh4enju5hv3i6hqskm.jpg)
प्रतिक्रिया