भारतमा सडकमै खुलेआम महिलालाई कुटपिट,रमिते बन्यो भिड

भारतको पश्चिम बंगालमा एकजना महिलालाई सडकमै खुलेआम कुटपिट भएको छ ।

आइतबार भाइरल भएको उक्त भिडियो सामाजिक सञ्जालमा हाल्दै भारतीय जनता पार्टीका कार्यकर्ताहरू तृणमूल कांग्रेसकी नेतृ एवम् मुख्यमन्त्री ममता बेनर्जीलाई निशाना साँधेका छन् ।

भारतीय जनता पार्टीका नेताहरूलेसमेत उक्त भिडियो सेयर गर्दै पश्चिम बंगालमा मुख्यमन्त्री ममता बनर्जी शासनको यो एक भयावह रुप भएको बताएका छन् ।

भिडियोमा भिडबीचमा एक महिला र एक पुरुषलाई जमिनमा लडाएर बारम्बार पिटेको देख्न सकिन्छ ।

यो कुटपिटमा संलग्न आरोपित ताजेमुलको रूप गरिएको छ । जसलाई स्थानीयबासी जेसीबी नामले बोलाउँछन् । ‘त्वरित न्याय’ दिने कुरामा यो समूहलाई जानिन्छ । यो समूहको नजरमा पुलिस-अदालतको कुनै हैसियत छैन । भाजपा आईटी सेल प्रमुख अमित मालवीयले दाबी गरेअनुसार कुटपिटमा संलग्न चोपराका विधायक हमिदुर रहमानका निकट हुन् ।

सन्देशखालीमा जनजातीय समाजका महिलाको यौन शोषण गर्ने शेख शाहजहाँ र उनका सदस्यलाई बचाउन बंगाल सरकारले दिन-रात एक गरिदिएको आरोप भाजपाको छ ।

पश्चिम बंगालको उत्तर दिनाजपुरस्थित चोपराको लक्ष्मीकान्तपुरमा भएको बताइएको छ ।

‘राष्ट्रिय महिला आयोग’लाई पनि यसबारे अवगत गराइएको छ । पश्चिम बंगालमा इस्लामिक कट्टरपन्थीले चलाएको ‘कंगारू कोर्ट’ जस्तै घटनाको भिडियो आएपछि भारतमा नयाँ विवाद सुरु भएको छ । यसलाई लिएर राज्यको कानुन व्यवस्थामा पनि प्रश्न उठेको छ ।