टर्कीका इज्मिरमा प्राकृतिक ग्यास विस्फोटमा चारको मृत्यु, २० घाइते

टर्कीको पश्चिमी प्रान्त इज्मिरमा आइतबार भएको प्राकृतिक ग्यास विस्फोटमा चार जनाको मृत्यु हुनुका साथै कम्तीमा २० जना घाइते भएका छन् ।

राज्य सञ्चालित टिआरटी प्रसारकका अनुसार विस्फोट दिउँसो २ः४३ मा भएको थियो ।टिआरटीले घाइतेमध्ये १० को अवस्था गम्भीर रहेको र घटनास्थलमा आपत्कालीन टोलीहरुद्वारा अनुसन्धान भइरहेको रिपोर्ट गरेको छ ।

विष्फोटपछि दमकल टोलीहरूले तुरुन्तै अर्को आगो निभाएका थिए ।इज्मिरका गभर्नर सुलेमान एल्बानले टिआरटीलाई उक्त विस्फोटले वरपरका ११ भवनमा क्षति पुगेको जानकारी दिनुभयो ।विस्फोटको कारण तत्काल खुल्न सकेको छैन ।