संसद् कानुन बनाउने मात्र नभई राष्ट्र निर्माण गर्ने थलो हो : सभामुख
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Devraj_Ghimire2023-03-14-04-29-31_f3Uzon3wJ2_lmbrtof5pbengfeywabnvzelb88e8sqpkxlzbfkadya8db7ulhaqfsyfhvbz_WzSTwENGbi_kr0qa4vfeutunkzxh9uisgowmodgjtvgxhqfqf9zjqc887pbgs5tyf3zyg3m.jpeg)
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् कानुन बनाउने मात्र नभई राष्ट्र निर्माण गर्ने थलो भएको बताउनुभएको छ । ६६औँ संसद् दिवसका अवसरमा पूर्वसांसद मञ्च नेपालको आयोजना तथा सङ्घीय संसद् सचिवालयको समन्वयमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संविधान कार्यान्वयन र कानुन कार्यान्वयनका विषयमा सरोकारवाला निकायसँग छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।
“कानुन बनाउने निकाय गम्भीर भएर सरोकारवालासँग बृहत् बहस र छलफल जरुरी छ”, सभामुख घिमिरेले भन्नुभयो । संसद्मा सरकारले ल्याएका विधेयकलाई छलफल गरेर पारित गर्ने परिपाटी भएको उल्लेख गर्दै उहाले आफैले अध्ययन गरेर कानुन बनाउने काम सांसदले गर्नसकेमा महत्त्वपूर्ण हुने बताउनुभयो ।
पूर्वसांसद मञ्चले समय समयमा आफ्ना महत्त्वपूर्ण धारणा सार्वजनिक गर्दै आएको र त्यो राज्यका लागि हितकर भएको सभामुख घिमिरेको भनाइ थियो । पहिलो संसद्देखि अहिलेसम्म गरेका कामको महत्त्वपूर्ण सामग्रीको अभिलेखिकरण गर्ने काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनताको भावनाको प्रतिनिधित्व गर्ने स्थान संसद् नै भएकाले जनतासँग निर्वाचनमा गरेका वाचा पूरा गर्न सधैँ लाग्नुपर्नेेमा जोड दिनुभयो ।
“संविधान कार्यान्वयन महत्त्वपूर्ण पक्ष हो, त्यसको कार्यान्वयन कानुनबाट हुन्छ”, उहाँले भन्नुभयो, “कानुन बनाउने निकाय संसद् हो, सांसद पनि सधैँ त्यतिकै गम्भीर हुनुपर्छ ।” सदनलाई गतिशील बनाउन सदा क्रियाशील हुनुपर्ने र त्यसका लागि सांसद र पूर्वसांसद दुवैको उत्तिकै योगदान रहने अध्यक्ष दाहालले बताउनुभयो ।
उपसभामुख इन्दिरा रानाले सदनलाई प्रभावकारी बनाउन सांसद र पूर्वसांसद मिलेर विचारविमर्श गर्नुपर्ने तथा आवश्यक विज्ञ चाहिएमा पूर्वसांसदको ज्ञानको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले संसद्लाई व्यवस्थित र मर्यादित बनाउन सांसदहरूको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्दै जनताको समृद्धिमा ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले सङ्घीय संसद्ले बनाएका कानुन र व्यवस्थाको प्रभाव सातै प्रदेशसभामा पनि पर्ने स्पष्ट पार्नुभयो ।
पूर्वसभामुख दमननाथ ढुङ्गानाले संसद्लाई प्रभावकारी बनाउन सबैभन्दा जिम्मेवार प्रधानमन्त्री र प्रमुख प्रतिपक्ष बन्नुपर्नेमा जोड दिँदै संविधानको पालना गरेर संसद्लाई सशक्त बनाउनुपर्ने बताउनुभयो ।
पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संविधान कार्यान्वयन गराउने प्रमुख भूमिका संसद्को भएकाले कानुन निर्माणदेखि जनताका सवालमा ध्यान दिनुपर्ने बताउनुभयो । पूर्वसभामुख तारानाथ रानाभाटले संसद्मा आएपछि जनप्रतिनिधि र जनताका विषयमा ध्यान दिनुपर्ने तथा संसदीय गतिविधि राम्रो बनाउन प्रधानमन्त्री र प्रतिपक्षी दल अझ सशक्त बन्नुपर्ने सुझाव दिनुभयो ।
सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेको संसद्लाई व्यवस्थित र प्रभावकारी बनाउन पूर्वसांसद मञ्चको भूमिका महत्त्वपूर्ण भएको बताउनुभयो । सङ्घीय संसद्को स्थापना २०१६ असार १६ गते भएको थियो । सोही दिनको स्मरणमा दिवस मनाउन थालिएको हो । आजै विश्व संसद् दिवस पनि रहेको छ ।
मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले राज्यलाई आवश्यकपर्ने सुझाव दिने तथा पूर्वसांसदको स्वास्थ्य उपचारमा ध्यान दिन आग्रह गर्नुभयो ।
![शिक्षा सेवाको लिखित नतिजा प्रकाशन(सुचिसहित)](https://snowberry.prixacdn.net/media/gallery_folder/psc_new_building1_CIcj2D8f7C_5ja2oavat3g4nvhfkvgc0hhsksacuosmdpj4lqzdrta0fxdy6p1vvjw0tsul_Kmbag43JfS_amkwfot3dwvhwqdwtxk3hne1chctqf3yyqnn0vzaltlgo0tf6duczruiddqc.jpg)
शिक्षा सेवाको लिखित नतिजा प्रकाशन(सुचिसहित)
![एमालेको सचिवालय बैठक ३ बजे बस्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/UML_sachibalaya-meeting-1024x569_dHuZejZLTj_zkf0cm1oe3wbbsjaddz9k8smqb0pcvo89moqf8kofdrv4benmgp9h9wnbrep_DhPGP59my4_bdh4qqw1kbczwjflkwocogtm3y3bkccyahex3kuq7zy4v7ivln2x9xs6vm5z.jpg)
एमालेको सचिवालय बैठक ३ बजे बस्ने
![मध्यरातमा देउवासँग सहमति गरेर ओलीले ठूलो घात गर्नुभयो : प्रधानमन्त्री प्रचण्ड](https://snowberry.prixacdn.net/media/gallery_folder/y_JgR9tGQD87_zaschexptxxgfrukc5ghthd2fxh4qdlow1t83tehfsm4s5tcyse9acz2z5ft_6c83gp0CF2_cjekory51pm1x4ab9iqpq0kbq7ztcheovymgt8sm2jsfsko5b3ftbigjpybw.jpg)
मध्यरातमा देउवासँग सहमति गरेर ओलीले ठूलो घात गर्नुभयो : प्रधानमन्त्री प्रचण्ड
![विषालु सर्पले टोक्दा ११ वर्षीय बालकको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/snake_AtLKpe9R3J_9vkpslgbcnwnesmnfvslsaaqmbbc9bqakcngzo5iyspqqvdcmnz2jbsl60kd_voJmKaFh3x_papmvgj5zqowwjqoakdgpopy1obyx26vgrbr1yilrcsjertyw5giuwoev82q.jpg)
विषालु सर्पले टोक्दा ११ वर्षीय बालकको मृत्यु
![दीपकराज गिरीको रास्वपा लक्षित टिप्पणी](https://snowberry.prixacdn.net/media/gallery_folder/deepakraj-giri_RAwYcOmk4W_cfybn3ngvd4atc8hugks1wm0ephjviycfsttsyc2pcjdnmcod8b1o1utqfyf_iLJ36nATrg_eptfhzqwmcaavquce58t2r6wowsg3zuvhtaskwjswnxliwa5vyn1rx7x3dko.jpeg)
दीपकराज गिरीको रास्वपा लक्षित टिप्पणी
![शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका राई](https://snowberry.prixacdn.net/media/gallery_folder/bakrapalan%2520rajkumar_RXjGyiR5IR_jetg6naj8re89z6typrxgjeqddzrnmvraeqxlcadluis3bbjwbkwvd0yl5hm_hi3wHXMnJ6_0yy3jjzdlyyg8lnuk0i3creshsvrmkjnpsoowhtjl2u75lzedixonwyl3w2m.jpg)
शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका राई
![रास्वपाले प्रचण्डको नेतृत्व रहुन्जेल सरकार नछाड्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/a90019b0-cf9b-11ed-be2e-754a65c11505.jpg_9YpTZeE0Da_1cf7fjqpwhpuagmsrbihk6ln6p8wywvxzzxw9msdu01ykfb54ehjmc9rvicv_m0HPW9iTTA_fvrqvkh8yyonsg0gvohjqq8glsxzlat6rmouivptdzdeteyeu2pi9mjhayxn.webp)
रास्वपाले प्रचण्डको नेतृत्व रहुन्जेल सरकार नछाड्ने
![मार्तडी–कोल्टी सडक अवरुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/sadak-_o7RF6pWCaq_ziitkwcfsx4y1kuu1ftgaol3svkxg5k8bjgfmhb0eigwr9jc15cbq181fplo_e7Gh1R2m3c_x3nk8z7vcdxscngjtj4qlu9dgjkxbohqqmwsiuo2kabos22mpajttsrlufyj.webp)
प्रतिक्रिया