समुद्रमा बोतलमा भेटिएको तरल पदार्थ पिउँदा चार जनाको मृत्य , अन्य दुईजना बिरामी

श्रीलंकाको समुद्रमा बोतलमा भेटिएको तरल पदार्थ पिउँदा चार जनाको मृत्यु भएको छ । घटनामा अन्य दुईजना बिरामी परेका छन् । उनीहरुको अवस्था गम्भिर रहेको स्थानीय मिडियाले जनाएका छन् ।

दक्षिणी तटीय क्षेत्रमा रहेको टांगाल्लेबाट ३२० नटिकल माइल्स टाढा उनीहरूले तरल पदार्थसहितको बोतल भेटेका थिए । श्रीलंकाको नाभीले जनाएअनुसार माछा मार्ने व्यक्तिहरूले अल्कोहल भन्ने ठानेर बोतलको तरल पदार्थ पिएका थिए । श्रीलंकाको सम्बद्ध मामिला हेर्ने विभागका महानिर्देशक सुशान्त खवाटे्ले कतिपय सञ्चार माध्यमसँगको कुराकानीमा ती फिसरम्यानलाई फिर्ता गर्नको लागि नाभीले प्रयास गरिरहेको छ ।

धिकारीहरूले बोतलमा भएको तरल पदार्थ के थियो भन्ने बारेमा अनुसन्धान गरिरहेको जनाइएको छ ।