युक्रेनी राष्ट्रपति जेलेन्स्की रुससँगको युद्ध अन्त्य गर्ने ‘व्यापक योजना’ तयार पार्दै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Zelensky-780x470_9mD9tWZTpE_yxs4y3cr9l3qnsvxp3yuouolz3jevfzcnicch9a5gc1kgvtbircdirfus5fg_kiD8FxQMLn_9zm5k3s0hvmdbneyodsdpbm4ipwk6x3y3exvoelaog8qdz8s0ywkot8kxvhk.png)
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न विश्वको बहुमतले समर्थन गर्ने व्यापक योजना तयार गरिरहेको अल जजिराले जनाएको छ ।
“विश्वको बहुमतले समर्थन गर्ने युद्ध अन्त्य गर्ने योजना ल्याउनु हाम्रो लागि धेरै महत्वपूर्ण छ”, युक्रेनी राष्ट्रपतिले स्लोभेनियाका राष्ट्रपति नतासा पिरक मुसारसँग शुक्रबार कियभमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो । “यो कूटनीतिक मार्गका लागि हामीले काम गरिरहेका छौँ,” उहाँले बताउनुभयो ।
राष्ट्रपति जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सार्वजनिक बयानका आधारमा युक्रेन र रसियाबीच हाल कुनै वार्ता भएको पाइएको छैन ।
युक्रेनले बारम्बार शान्तिवार्ता सुरु हुनअघि रुसले क्रिमियाको प्रायद्वीपसहित अन्य क्षेत्रबाट आफ्नो सेना फिर्ता लानुपर्ने माग राखेको छ तर फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण सुरु गरेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई रुसको कब्जामा रहेको आफ्नो पूर्व र दक्षिणको थप क्षेत्र खाली गरेर प्रभावकारी रूपमा आत्मसमर्पण गर्न माग गर्नुभएको छ ।
यस महिनाको सुरुमा युक्रेनी राष्ट्रपतिले स्विजरल्याण्डमा एउटा प्रमुख अन्तर्राष्ट्रिय शिखर सम्मेलनको आयोजना गर्नुभएको थियो जहाँ युक्रेनको स्थितिका लागि समर्थन जुटाउन रुसलाई आमन्त्रित गरिएको थिएन ।
यसअघि बिहीबार ब्रसेल्समा आयोजित युरोपेली सङ्घ (इयू) शिखर सम्मेलनमा जेलेन्स्कीले युद्ध अन्त्य गर्न केही महिनाभित्र विस्तृत योजना प्रस्तुत गर्ने बताउनुभएको छ ।
![दक्षिण कोरियामा कारले ठक्कर दिँदा ९ जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/2779097_mW4PNndU25_xnby53k4wgydmckh592n7cm8bnyvqchntlh7x9kgtvgc3rvnabrq71lofzyp_eycgl1B2Wj_b4qnghmes4cuzcwufdrfv5i5wmmdbz0lngum9vtjbye4y4l6ssjpm15mlx71.webp)
दक्षिण कोरियामा कारले ठक्कर दिँदा ९ जनाको मृत्यु
![पाकिस्तान र इरानबाट एक लाख १५ हजार अफगानी शरणार्थी स्वदेश फिर्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/afgan-refu_W0VIau4tab_7khlKYpuAL_kbnnrrkmbnibnokejp0hlt0ompvhvkbvzgflgrx6alodk1cqyqvqxzyca2fv_hOwPGjXoNC_x9c5jipdkkf1uqrs5qlpatxat2vavb8dsl4jrnfgsnqekva83ro7kpvwrppg.jpeg)
पाकिस्तान र इरानबाट एक लाख १५ हजार अफगानी शरणार्थी स्वदेश फिर्ता
![बलिउड अभिनेता सलमान खानको घरमा फायरिङ प्रकरणमा फेरि नयाँ अपडेट](https://snowberry.prixacdn.net/media/gallery_folder/download_dbISJrhV51_qi75w2ibac06ggsicir23uyfghkt6eaueapdocxpszbnkd8yeapowa2q29jp_ekZkSwpqjM_nlo6oumymvmjxeiq4glkdsmcyglwsad8zuafbeflofjel6lp6sdcdjhdau4e.jpeg)
बलिउड अभिनेता सलमान खानको घरमा फायरिङ प्रकरणमा फेरि नयाँ अपडेट
![दक्षिण कोरिया सामसुङका कामदारहरूद्वारा तत्काल हडताल घोषणा](https://snowberry.prixacdn.net/media/gallery_folder/111410698_uuvOQj6ZU1_j1pmv61djthfeykffbggjiggskzax2uzk09xdpcsmlitdioejokws4o8yhcu_nwLsyrtmGH_70djtzp7kdg7104mbwc0wfnou0oilethi0z7mswnswnk7idad1r2vwne7ryd.webp)
दक्षिण कोरिया सामसुङका कामदारहरूद्वारा तत्काल हडताल घोषणा
![राहुलले हिन्दूहरुलाई हिंश्रक भनेपछि मोदी आक्राेशित](https://snowberry.prixacdn.net/media/gallery_folder/newproject-2024-07-01t153557.028-1719828410596-16_9_Nl2XhFMZxE_m40aasqt3beuk14nyyvo4qqzxxj2ya1vl66s8kdjdjrnje4n1qsbhakjhmar_JD5vBJsEmx_3h0wswhpvn2iyuhdhw70jg0hnfqe1abuov1shiflaxjbq3kbiaxftfkaqz0o.webp)
राहुलले हिन्दूहरुलाई हिंश्रक भनेपछि मोदी आक्राेशित
![इजरायलद्वारा गाजाका अस्पताल प्रमुखसहित ५० भन्दा बढी प्यालेष्टिनी बन्दी रिहा](https://snowberry.prixacdn.net/media/gallery_folder/36ce46adfed1454023e4aa16b4ab98c146a185f1_Xn0Y2wRZXY_yqxwk87dpxorei4qsrbskvmawsdswfzdi7jezvhgm6zxcdqtmsmvqncgxtvp_WhXqOwFp0s_sl9j1mhfayt7ma6hvb0awuzagyijhvkehm3xbcuxkfuslnohmen1ctumwgmc.jpg)
इजरायलद्वारा गाजाका अस्पताल प्रमुखसहित ५० भन्दा बढी प्यालेष्टिनी बन्दी रिहा
![भारतमा सडकमै खुलेआम महिलालाई कुटपिट,रमिते बन्यो भिड](https://snowberry.prixacdn.net/media/gallery_folder/WhatsApp-Image-2024-06-30-at-4.38.21-PM_3mdHnvjR0z_d44q5pqx4tocgb0tdi2cdee28q89h8kpahnor0qnn2c3uc0od5jcuejcbxu8_VKwIekU1TC_hfd7n1cxnjcckllrsygsv1gcjzom47ssnr4xb7ewqmznw1maoxwmqbzj9dql.webp)
भारतमा सडकमै खुलेआम महिलालाई कुटपिट,रमिते बन्यो भिड
![म बेरोजगार भएँ, कसैसँग काम भए दिनुहोला : प्रशिक्षक राहुल द्रविड](https://snowberry.prixacdn.net/media/gallery_folder/rahul-dravid_bXD86szWRj_q0geAOoxea_i9cfeja4hqlg7ytgvoycqrlt6vtft0m449chq7l3k8fz1rlct8odctq1rcq6_k5LWCwRiB6_m7g3eh7tkinleymetxlahpoglrwg6aswnga7lkqakucj0eroblczzdw0mf3u.webp)
प्रतिक्रिया