अफगानिस्तान क्रिकेट टोलीलाई सहयोग गरेको भन्दै तालिबानले गर्याे भारतको प्रसंशा

अफगानिस्तान क्रिकेट टोलीलाई सहयोग गरेको भन्दै त्यहाँ शासन चलाइरहेको तालिबानले भारतको प्रसंशा गरेको छ ।

अफगानिस्तान इतिहासमै पहिलोपटक अमेरिका र वेस्ट इण्डिजमा आयोजित विश्वकपकोसेमिफाइनलमा पुगेको थियो ।

तालिबानका विदेशमन्त्री सुहेल शहिनलाई उद्धृत गर्दै भारतीय टेलिभिजन च्यानल डब्लूआईओनले जनाएअनुसार अफगानिस्तानको क्रिकेट टिमलाई भारतले लामो समयदेखि सहयोग गर्दै आएको छ ।

त्यसका लागि शहिनले भारतलाई धन्यवाद दिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।भारतले अफगानिस्तानको कन्दाहारमा १० लाख अमेरिकी डलर अनुदानमा क्रिकेट रंगशाला निर्माण गरेको छ ।

त्यसैगरी, टेस्ट राष्ट्रको मान्यता पाएयता अफगानिस्तानसँग पहिलो पटकसन् २०१८ भारतीय क्रिकेट टिमले टेस्ट म्याच खेलेको थियो ।त्यस्तै, अफगानिस्तानका रशिद खान, मोहम्मद नबी, मुजिबउर रहमान, रहमनुल्लाह गुर्बजजस्ता अफगान खेलाडीले भारतमाहुने आईपीएल पनि खेल्दै आएका छन् ।

त्यतिमात्र होइन, भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले अफगानिस्तको घरेलु मैदानका रुपमा ग्रेटर नोयडा र देहरादुनमा रहेको रंगशाला नै छुट्याएको छ ।