इरानको राष्ट्रपतीय मत गणनामा पेजेस्कियन र जलिलीको प्रतिस्पर्धा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Untitled%2520design_bKcvAjVMWK_mqbdeejgahqb0na6d9mz0j7lio77suieczo2it3ukz5xafebiok7szzdx8fc_Svq0djpHPF_zmfzqtd9bqj80919pmdrloxkromnknd10qm8cd2p0sykmugzpqls2n0at6ef.png)
इरानका सुधारवादी उम्मेद्वार मसूद पेजेस्कियन र अति परम्परावादी समूहका सईद जलिलीले राष्ट्रपतीय निर्वाचनकोे मत गणनामा अग्रता कायम गरेको शनिबार आन्तरिक मन्त्रालयद्वारा जारी प्रारम्भिक परिणामले देखाएको छ ।
पछिल्लो परिणामअनुसार पेजेस्कियनले ८३ लाखभन्दा बढी मत प्राप्त गर्नु भएको छ भने पूर्व आणविक वार्ताकार जलिलीले ७१ लाखभन्दा बढी मत प्राप्त गर्नुभएको छ ।
हालको प्रवृत्ति जारी रहेको अवस्थामा दुवै उम्मेदवार जुलाई ५ हुने दोस्रो निर्वाचनमा प्रतिस्पर्धा गनुपर्नेछ । इरानी संविधान अनुसार यदि कुनै उम्मेद्वारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन् भने दोस्रो चरणको चुनाव गर्नु पर्ने प्रावधान रहेको छ ।
सन् १९७९ मा भएको इस्लामिक क्रान्तिपछि इरानमा भएको १३ वटा राष्ट्रपतीय चुनावमध्ये सन् २००५ मा भएको एउटा मात्र निर्वाचनमा दोस्रो चरणको मतदानबाट राष्ट्रपतिको चयन गरिएको थियो । आन्तरिक मन्त्रालयका अनुसार अहिलेसम्म एक करोड ९० लाखभन्दा बढी मत गणना भइसकेको छ ।
प्रारम्भिक परिणाममा कन्जरभेटिभ संसदका अध्यक्ष मोहम्मद बाघेर घालीबाफ लगभग २६ लाख मतसहित तेस्रो स्थानमा हुनुहुन्छ । यसैगरी चौथो स्थानमा परम्परावादी धर्मगुरु मुस्तफा पौरमोहम्मदीले १५ लाखभन्दा बढी मत प्राप्त गर्नुभएको छ ।नियमित तालिका अनुसार सन् २०२५ मा हुनुपर्ने निर्वाचनका लागि करिब छ करोड १० लाख इरानी मतदान गर्न योग्य थिए ।
इस्लामिक गणतन्त्रमा चुनावी उम्मेद्वारहरूको जाँच गर्ने गार्जियन काउन्सिलले सुरुमा छ जना उम्मेदवारलाई अनुमोदन गरेको थियो तर चुनावको एक दिन अगाडि दुई उम्मेदवारहरू अलिरेजा जाकानी र अमिर–हुसेन गाजीजादेह हाशेमी दौडबाट बाहिरिएका थिए ।
![राहुलले हिन्दूहरुलाई हिंश्रक भनेपछि मोदी आक्राेशित](https://snowberry.prixacdn.net/media/gallery_folder/newproject-2024-07-01t153557.028-1719828410596-16_9_Nl2XhFMZxE_m40aasqt3beuk14nyyvo4qqzxxj2ya1vl66s8kdjdjrnje4n1qsbhakjhmar_l77RN3KE2k_zofzzokpxfoefcpjio7nukhvead40voabc9sjlxl3zgesyt8nnxezabjrrbw.webp)
राहुलले हिन्दूहरुलाई हिंश्रक भनेपछि मोदी आक्राेशित
![इजरायलद्वारा गाजाका अस्पताल प्रमुखसहित ५० भन्दा बढी प्यालेष्टिनी बन्दी रिहा](https://snowberry.prixacdn.net/media/gallery_folder/36ce46adfed1454023e4aa16b4ab98c146a185f1_Xn0Y2wRZXY_yqxwk87dpxorei4qsrbskvmawsdswfzdi7jezvhgm6zxcdqtmsmvqncgxtvp_AAeIL5x8O1_pjpfwsaltjs9yps9q1t9bb60tsrsik4jj0cjtk9mym6h3z1tewarxvzaxnaf.jpg)
इजरायलद्वारा गाजाका अस्पताल प्रमुखसहित ५० भन्दा बढी प्यालेष्टिनी बन्दी रिहा
![भारतमा सडकमै खुलेआम महिलालाई कुटपिट,रमिते बन्यो भिड](https://snowberry.prixacdn.net/media/gallery_folder/WhatsApp-Image-2024-06-30-at-4.38.21-PM_3mdHnvjR0z_d44q5pqx4tocgb0tdi2cdee28q89h8kpahnor0qnn2c3uc0od5jcuejcbxu8_kquScwpRtq_hr4wjgyzb8spdwcumxmpsbgkn7emyys43brcfxidopxnumtkmpohfl5pmehk.webp)
भारतमा सडकमै खुलेआम महिलालाई कुटपिट,रमिते बन्यो भिड
![म बेरोजगार भएँ, कसैसँग काम भए दिनुहोला : प्रशिक्षक राहुल द्रविड](https://snowberry.prixacdn.net/media/gallery_folder/rahul-dravid_bXD86szWRj_q0geAOoxea_i9cfeja4hqlg7ytgvoycqrlt6vtft0m449chq7l3k8fz1rlct8odctq1rcq6_kPSpL6YgLZ_qjxwe1xkkas8gtqhvh4vdvtcdqocgnlupwrxfskxfvpjjgbe0lhc2kucqtmg.webp)
म बेरोजगार भएँ, कसैसँग काम भए दिनुहोला : प्रशिक्षक राहुल द्रविड
![हाइटीमा के कारणले अफ्रिकी देश विशेष भूमिका खेल्न चाहन्छ?](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-06-30_22-40-17-918_jm4Vpf7ktJ_jg9a0kcb6eifjdtqtf8qmwathkcyvp2lq6e8u76zdb0kkxjuemr21nhbgaxz_S4cfUfwrzK_3wwvdcgqy0k84tbpmb7l1bxgcnucketffzc4bl6w89zyfbbaa0szojlewz4q.jpg)
हाइटीमा के कारणले अफ्रिकी देश विशेष भूमिका खेल्न चाहन्छ?
![बिहारमा १० दिनमा ५ पुल भत्कियाे, कसरी र किन भयो यस्तो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-06-30_22-40-04-139_9jLYbdA5i0_djuw9unq442lf8q0iojfm6gwos0wtxtyouq1mkrovtltmaait7bert5kifmn_8w1oGccHfe_34apd0gdlykdiuztjevdw8iib8l8wrb81r6rttwwy3rmokgjrkbpx0smjep7.jpg)
बिहारमा १० दिनमा ५ पुल भत्कियाे, कसरी र किन भयो यस्तो ?
![मेटाले अष्ट्रेलियामा फेसबुक प्लेटफर्ममा समाचारहरू ब्लक गर्न सक्ने चेतावनी](https://snowberry.prixacdn.net/media/gallery_folder/0x0_TwaF1uT0oA_1xkirfx2ddgneivnnnzqnnfcwhotqtv09zyfmgq8g3crylemasepxxfivt5n_V8sYJmffwh_pklywqfqn0rwbjn807bwo5b2oaamv4pxweesfdrl8v1okrrabenkkddcldwh.webp)
मेटाले अष्ट्रेलियामा फेसबुक प्लेटफर्ममा समाचारहरू ब्लक गर्न सक्ने चेतावनी
![टी-२० विश्वकप जितेका भारतीय क्रिकेट टोलीलाई मोदीकाे बधाई](https://snowberry.prixacdn.net/media/gallery_folder/lgcjd3u8_pm-modi_625x300_30_June_24_AigoQPtWuo_zmeyk2tal2ubkpzfeshpo4wg4sdzajiukxugzub0a8h4a0zeb30dhfhvjfst_wAe4DsfJQB_r6wme1t3hm6erzxlyhj9gcgq6kqktbteaxzx9efgpicbhylwdbxakmub0di4.webp)
प्रतिक्रिया