पानामा पेपर्स मुद्दामा २८ प्रतिवादीलाई सफाई
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Panama_7mfw8KnvPJ_hdmvxt3egev805ktxxcdiz8153desh2er8mujiz5k9ucortfnmlajmzdaa9p_R1kBwMqNyL_n5964swrgbqw1gijnd0zprgepar0g41btp1aotydmsdrpx5ipficbijy1lin.jpg)
काठमाडौँ, १५ असार : पानामाको एक अदालतले ‘पानामा पेपर्स’ अन्तर्राष्ट्रिय कर छली काण्डको केन्द्रबिन्दु रहेको कानुनी संस्था (ल फर्म) मोसाक फोन्सेकामा सम्पत्ति शुद्धिकरण (मनी लाउन्ड्रिङ)को आरोप लागेका २८ जनालाई शुक्रबार सफाइ दिएको छ ।
सफाइ पाउनेमा कम्पनीका संस्थापक जर्गेन मोसाक र रेमन फोन्सेका पनि रहेका छन् । रेमनको मे महिनामा पानामाको एक अस्पतालमा मृत्यु भइसकेको छ ।
गत अप्रिलमा पानामा सिटीमा भएको सुनुवाइका क्रममा अभियोजन पक्षले दुवैलाई १२ वर्षको जेल सजाय माग गरेको थियो ।
तर न्यायाधीश बालोइसा माक्र्विनेजले कानुनी ल फर्मको सर्भरबाट लिइएको प्रमाण प्रक्रियाअनुसार सङ्कलन नगरिएको पाइएपछि उक्त जोडी र अन्य २६ जनालाई सफाइ दिनुभएको छ ।
‘बाँकी प्रमाणहरू प्रतिवादीहरूको आपराधिक जिम्मेवारी निर्धारण गर्न पर्याप्त र निर्णायक नभएको’ फैसला न्यायाधीशबाट भएको अदालतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सन् २०१६ मा मोसाक फोन्सेकाबाट चुहावट भएका कागजातहरूले विश्वका कति धनाढ्यहरूले अफशोर कम्पनीहरूमा सम्पत्ति लुकाएका थिए भन्ने खुलासा गरेको थियो ।
बेलायतका पूर्वप्रधानमन्त्री डेभिड क्यामरून, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, फुटबल स्टार लियोनल मेस्सी, अर्जेन्टिनाका तत्कालीन राष्ट्रपति माउरिसियो म्याँक्री र स्पेनी फिल्म निर्माता पेड्रो अल्मोडोभरलगायतलाई पनि मुद्दा चलाइएको थियो ।
पनामाका अभियोजकहरूले मोसाक र फोन्सेकाले अपारदर्शी कम्पनीहरू सिर्जना गर्न मद्दत गरेको आरोप लगाएका थिए । कम्पनीमा जर्मन बहुराष्ट्रिय सिमेन्सका अधिकारीहरूले कम्पनीको आधिकारिक खाताभन्दा बाहिर लाखौं यूरो जम्मा गरेका थिए ।
उनीहरूमाथि अर्जेन्टिनामा भएको ठूलो ठगीबाट पैसा झिक्न सहयोग गरेको आरोप पनि लगाइएको थियो।
मोसाक र अन्य प्रतिवादीका वकिल गुइलेर्मिना म्याकडोनाल्डले एएफपीसँग भन्नुभयो, “न्याय भएको छ, हामी न्यायाधीशको फैसलाबाट अत्यन्त सन्तुष्ट छौं।”
उहाँले भन्नुभयो, “तर, हामी अलि दुःखी छौं सुनुवाईका क्रममा हामीले रेमन फोन्सेकालाई गुमाएका छौँ र उहाँले यो नतिजा देख्न सक्नुभएन । यसप्रति हामी दुःखी छौँ ।”
‘इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्ट्स (आईसीआईजे)’ ले सन् २०१६ को अप्रिल ३ मा ‘पानामा पेपर्स’ प्रकाशन सुरु गरेको आठ वर्षपछि यो मुद्दाको सुनुवाइ सुरु भएको हो । मोसेक फोन्सेकाबाट एक करोड १५ लाख भएका कागजातमा आधारित यो अनुसन्धानले विश्वभरका व्यक्तित्वहरूले कर छल्न वा सम्पत्ति शुद्धीकरण गर्न सम्पत्ति, कम्पनी, सम्पत्ति र मुनाफा कसरी लुकाएको छन् भन्ने खुलासा गरेको छ । अनुसन्धानअनुसार, यसका लागि उनीहरूले केही अवस्थामा अवैध गतिविधिहरूबाट आएको फर्ममार्फत् कम्पनीहरू सिर्जना गरेकोे, बैंक खाता खोलेको र पैसा लुकाउन धेरै देशहरूमा उप शाखा (फाउन्डेसन) हरू सिर्जना गरेको देखिएको छ ।
यस काण्डले मोसाक फोन्सेकालाई बन्द गरायो र पानामाको अन्तर्राष्ट्रिय छविलाई अपतटीय कर छलिका रूपमा व्याख्या गरिएको थियो ।
अपतटीय कम्पनीहरू आँफैमा अवैध छैनन्, र तिनीहरूलाई प्रयोग गर्नका लागि धेरै वैध कारणहरू छन् । तर तिनीहरूलाई आपराधिक गतिविधिबाट प्राप्त आयलाई शुद्धीकरण गर्न वा दुरुपयोग वा राजनीतिक रूपमा असुविधाजनक सम्पत्ति लुकाउन पनि प्रयोग गर्न सकिन्छ ।
“वास्तवमा त्यहाँ ठूलो अन्याय भएको छ,” मोसाकले सुनवाई को समापन पछि भन्नुभयो ।
“मेरो साथी र मसँग काम गर्ने सबै व्यक्ति गम्भीर, इमानदार र सही थिए्,” उहाँले अगाडि भन्नुभयो ।
![जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण](https://snowberry.prixacdn.net/media/gallery_folder/H-3-rocket_itIvBc44Gu_g7nj3ckreqbd0xu7sb03w5dn2lcmr3mnmfpmrtro2gzp1a434m0egr5w8rpy_AYXDAjcN8Q_qvpqzoditxvjjkdkrg6fh1psapu4if8vbwwtrdfec314x6vbo5ufxfxoygy3.webp)
जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण
![यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन : अध्यक्ष ओली](https://snowberry.prixacdn.net/media/gallery_folder/oli_gc4c9gLIDA_24qywfrxrl93e3ekwqj7dovq22i1a02mejq1nl2vdcbnntlb4fcj7mf1muu6_zWEk5pNCRl_s75dkandmzjudmvdo4sugqehnuauyz4ljbfprbk2ztrfjxxwvinqzfkmamnk.jpg)
यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन : अध्यक्ष ओली
![सिद्धार्थ बैंक लिमिटेडको शाखा कार्यालयमा आगलागी](https://snowberry.prixacdn.net/media/gallery_folder/capture_thRVvAY4VQ_p53XbFGFT8_pnvudom0zjikajmzs3zadmterfg1f8pn3qobonivfapnmihzxippfffl5gb2_EtPNicbetG_gaoghh8om2venvqeoyxujghbqrol252i5tmz59xuqst6ppbnbdbfolqzge19.jpg)
सिद्धार्थ बैंक लिमिटेडको शाखा कार्यालयमा आगलागी
![भारतले ‘ग्लोबल इन्डिया एआई’ शिखर सम्मेलन २०२४ को आयोजना गर्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/IndiaAI-Mission-is-India-to-host-Global-India-AI-Summit-2024-in-New-Delhi-2024-07-944edaaea3579486b0f9b65c7fa4a2c3-1200x675_OWlg2qNfqY_nqqqfkv710pybke7y4lkrfyh6jyuafg89qvpj3wm93gfgoinnwtdpv9o4wjy_HZipDhTFBx_up7ek6sqrpo53xtnqwckyltik6gbao8yeuj1ifjftku1tmls5fmyysc07ts7.webp)
भारतले ‘ग्लोबल इन्डिया एआई’ शिखर सम्मेलन २०२४ को आयोजना गर्दै
![आफ्ना मन्त्रीहरूलाई ओलीले बोलाए बालकोट](https://snowberry.prixacdn.net/media/gallery_folder/kp-oli2024-07-01-04-24-50_3bNLh6BK4P_p23dip7wggerrj8wyjcoc5a1pjufp16kp7bqhkt9zqjnqevf6yyi3nq7ibvm_aXOTbVnJJk_hpxlk9fv1wlnhagj69vcgwa8nfumopx9bdgqkzac25cbuyhbepzmxryplr1p.jpeg)
आफ्ना मन्त्रीहरूलाई ओलीले बोलाए बालकोट
![फेसबुकमार्फत चिनेकी साथीको घरबाट सुनको गरगहना र २९ हजार रुपैयाँ नगद चोरी गरेको आरोपमा एक महिला पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/dipa_thapa_d8FBzIQ8Zk_5y1QmhPPrs_aqnzx2ynyevbgwdn13prjnkjokedtmjfjbkshh4wpo3swbvaif0mg9bxokir_fQ7hSqn1lI_5kifqwc2mur4vanvurboivbjj17s6mekkvxncsupmmic4h2czslqleghries.jpg)
फेसबुकमार्फत चिनेकी साथीको घरबाट सुनको गरगहना र २९ हजार रुपैयाँ नगद चोरी …
![खुट्टाले लेखेर एसइई उत्तीर्ण](https://snowberry.prixacdn.net/media/gallery_folder/umesh%25201%2520(1)_zDE9PbmMyG_9a7mbkharocsyrmvp77z6isfmhjqmmk0rekot6xzilbws6dotq9oafaoj40v_f3Mxuwa7OB_fho8pjkxjg3tq9rz0oqkefw1imac7mvoi6dqj9reup4k9e8qk8jiv6doyfcs.jpeg)
खुट्टाले लेखेर एसइई उत्तीर्ण
![म्याग्दीका किसान टिम्मुरखेतीतर्फ आकर्षित](https://snowberry.prixacdn.net/media/gallery_folder/ds-galeshower-huide-aalu-kheti-1-scaled-e1704427621719_vVXFyrHdxi_ujn1jkmq1wluqpzwb9vk6uz31vruncspptkbg2oc2vgi3eqardly4926mv8t_MqQXziFu4p_ww1gor5zzgngyanp5o7ecj78mkttv5nyntfygquspemk5en4zsrilcqo2ecu.jpg)
प्रतिक्रिया