भारतको विदेश सचिवमा विक्रम मिश्री नियुक्त

 भारतको विदेश सचिवमा विक्रम मिश्री नियुक्त भएका छन्। विदेश मन्त्रालयको प्रस्तावलाई क्याबिनेटको नियुक्ति समितिले उनलाई विदेश सचिवमा नियुक्त गरेको हो ।

उनी यसअघि डेपुटी राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा कार्यरत थिए। जुलाई १५ बाट उनले कार्यभार सम्हाल्ने बताइएको छ । अहिलेका विदेश सचिव विनयमोहन क्वात्राको कार्यकाल जुलाई १४ मा सकिँदै छ । क्वात्रा १९८९ मा भारतको विदेश सेवामा प्रवेश गरेका थिए।

यता ५९ वर्षीय मिश्रीले तीनजना प्रधानमन्त्री इन्दरकुमार गुजराल, मनमोहन सिंह र नरेन्द्र मोदीको निजी सचिवको रुपमा काम गरिसको छन् ।