सुडानका १४ स्थानमा भोकमरी हुनसक्ने चेतावनी : युक्त राष्ट्र सङ्घ

 “ग्रेटर डार्फर, ग्रेटर कोर्डोफान र अल जजिरा राज्यहरूका साथै खार्तुमका केहीस्थान लगायतका १४ स्थानमा भोकमरीको जोखिम छ”, संयुक्त राष्ट्रले आफ्नो वेवसाइटमा उल्लेख गरेको छ । 

वेवसाइटमा सुडानका १० राज्यका सात लाख ५५ हजार मानिसहरु भोकमरीको विपत्तिजनक पाँचौ चरणको सामना गरिरहेको उल्लेख छ । सुडानका ८५ लाख मानिस अर्थात् १८ प्रतिशत जनसङ्ख्या खाद्य सुरक्षाबाट पीडित रहेका राष्ट्रसङ्घको भनाइ छ । 

सुडान सन् २०२३ अप्रिलको मध्यदेखि सुडानी सशस्त्र बल र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सबीचको घातक द्वन्द्वमा फसेको छ । उक्त द्वन्द्वका कारण १६ हजार छ सय ५० भन्दा बढीले ज्यान गुमाइसकेको मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्र सङ्घको कार्यालयले जनाएको छ ।