टि ट्वान्टी विश्व कप : आज उपाधिका लागि भारत र दक्षिण अफ्रिकाबीच फाइनल

आइसिसी टि ट्वान्टी विश्वकपको शनिबार हुने फाइनलको एक टोलीले अपराजित रहँदै उपाधि उचाल्नेछ। बार्बाडोसस्थित किङ्सटाउन क्रिकेट रंगशालामा हुने फाइनलमा भारत र दक्षिण अफ्रिकाबीच फाइनल हुनेछ। जारी विश्वकपमा यी दुई टोली मात्र अपराजित रहँदै अन्तिम दुईमा पुगेका हुन्।

दक्षिण अफ्रिकाले खेलेका सबै ८ खेल जितेको थियो। समूह चरणमा क्यानाडा सँगको खेल रद्द भए बाहेक भारतले पनि खेलेका सबै खेल जितेको थियो। विश्वकपको फाइनल खेल नेपाली समय अनुसार राति ८:१५ बजे सुरु हुने छ ।

दक्षिण अफ्रिका आइसीसी प्रतियोगिताको पहिलो उपाधिका लागि चुनौती पेश गर्दैछ। भारत ११ वर्षयताको उपाधि खडेरी तोड्ने योजनामा छ ।