वर्षाका कारण इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलको छात भत्किँदा ६ जना घाइते
![](https://snowberry.prixacdn.net/media/gallery_folder/1200-675-21814538-345-21814538-1719538358705_XaUShCVs6i_qjo43yrezbyl90zyyzrrwwgmmskiea5v3ynr9fcrj2nelvezrmwnguhrain9_ffLvgKN0r6_3sjhhvymec1pyuyh6oq6nl3ix6njpdo6oibkelpqhoo5kfggd9h1zwkbwctj.jpg)
शुक्रबार बिहानै परेको मुसलधारे वर्षाका कारण दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल १ को छात खसेको छ । समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार छत भत्किँदा ६ जना घाइते भएका छन् ।
छत सवारीसाधन र ट्याक्सीमाथि खस्दा केही मानिस दबेका थिए । घटनाबारे दिल्ली फायर डिपार्टमेन्टलाई जानकारी दिइएको थियो । फायर डिपार्टमेन्टका चारवटा गाडी उद्धारका लागि घटनास्थलमा पुगेका थिए । छतको सिटबाहेक सपोर्ट बिम पनि खसेकाले यात्रु ओसारपसार गर्ने सवारीसाधन दुर्घटनामा परेका हुन् ।
आफूले स्थितिको व्यक्तिगत रूपमा निगरानी गरिरहेको र घाइतेहरूलाई अस्पताल पठाइएको नागरिक उड्डयन मन्त्री के राममोहन नायडूले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्ट गर्दै भनेका छन् । दिल्ली इन्टरनेशनल एयरपोर्ट लिमिटेडका प्रवक्ताले भने, ‘बिहानैदेखि परेको भारी वर्षाका कारण टर्मिनल १ को पुरानो डिपार्चर्स विंगको क्यानोपीको केही भाग बिहान ५ बजे भत्किएको थियो । केही मानिस घाइते भएको खबर आएको छ । सबै घाइतेहरूलाई आकस्मिक सेवा मार्फत जरुरी सहयोग र मेडिकल सेवा उपलब्ध गराइँदैछ ।’
यस घटनापछि टर्मिनल १ बाट सबै उडानहरू अस्थायी रूपमा रोकिएका छन् र सुरक्षाका कारण चेक इन काउन्टरहरू बन्द गरिएको छ । दिल्लीमा भारी वर्षापछि दिल्ली–एनसीआर क्षेत्रमा अझै केही समय हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने र २० देखि ४० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने मौसम विभागले बताएको छ ।
![अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो : अध्यक्ष ओली](https://snowberry.prixacdn.net/media/gallery_folder/oli_0pH12SYMOc_2agrvmdzlwgjfwr7pmweumpnqygmhthdibsv7qreqi1qgsdtah6drllggqo3_VlbCQo3ZxD_ftgtkqefzcuftbdnnpyoqlpenjjmbaz3iihmtcbc0p4qywy24hjtncmbtlqb.jpg)
अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो : अध्यक्ष ओली
![काठमाडौँका विभिन्न स्थानमा चोरीमा सक्रिय गिराेह पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8_GMAVbmUaf4_cb32wsy8vnpm12l0xtk4gtjzwajqsmttdfeq7bryz6sukikkrbsycppjjizs_KEDAyHuaYm_0guqjkmylonyimb0xgb1x3i35pzgxai9scjuv6qvkefubnep5jbuzprc4tfk.png)
काठमाडौँका विभिन्न स्थानमा चोरीमा सक्रिय गिराेह पक्राउ
![पेट्रोल र डिजेलमा मूल्य वृद्धि](https://snowberry.prixacdn.net/media/gallery_folder/petrol-price__hzxpX17t1W_0rcjku5rpzuw88svh15llbnqtaie5ogccg3z4u3zmusvcgzupjl56zpbpzgx_1tGgMBs4mT_v5ni3pbzrwgfcsvqaegkekl5awmz0ncvlwxyz34max2csao8roravuo06d1o.jpg)
पेट्रोल र डिजेलमा मूल्य वृद्धि
![पूर्वप्रधानमन्त्री ओलीले नेपाल आइडल सिजन ५ को विजेता करण परियारलाई आज भेटेरै दिए बधाई](https://snowberry.prixacdn.net/media/gallery_folder/449246284_1025069835645384_7271186039472038511_n_bUBomTJHJH_sbsx1lunsekry2gnhzh0t0q9mtf671fialsr0iawxa2kkhluad2ribligkzf_VH2k3XYc63_e2fz0tyui1jewmxwa6titruthjdta8ifj2uflmafszwskiix2cbpgbpknjof.jpg)
पूर्वप्रधानमन्त्री ओलीले नेपाल आइडल सिजन ५ को विजेता करण परियारलाई आज भेटेरै…
![वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ggggggggggggggg_DKTy0TxFi5_uk3eq0mtzrmtrtzb0pdpskeue7bhloom4v06zdixcizdblicwiuqtmn4ettz_sfVEock8bb_ypqwfgq6wkgmxb8bfqtenomdhllyeduearujllupiuclhbncfaigaxz9drig.png)
वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु
![वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली बन्दी](https://snowberry.prixacdn.net/media/gallery_folder/Malezija-Kuala-Lumpur_cwxc1HYFsz_tvt3eawuc2bmekslgqplu23g8hg0js43xw60jgynwy5tq4vwrw8es8ziolnt_Qsent4bqfn_mqn1livz6mzcu84byjqselqairrnfzqw12vg3l7uurexbynqzybpmt8wqiw6.jpg)
वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली बन्दी
![एसईईको ग्रेड वृद्धि परीक्षा २३ साउनदेखि सुरु हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/SEE-Exam-Board_Wh5Gz31f7O_yt7yqisbolto5btfmlndnpllnmtxks9njqiqthe8hzbdm5sqkna9audxsuij_cfoNjzpQg8_41l4pxdm72bh7vuwrjjpmyp9xy49wqb3dalalbco0lsygei2mptcma0lxhhx.jpg)
एसईईको ग्रेड वृद्धि परीक्षा २३ साउनदेखि सुरु हुने
![नुवाकाेटको चाेकदेमा २७ लाखको लगानीमा तेक्वान्दो एकेडेमी भवन निर्माण](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-06-30_19-32-24-074_anzuaL1noc_em8tqeqsqk06uvv0ne2r52w1kmze8ue3ctjx3dtfdpzzhnxszsgmotibxgv8_jmXDj6ImUL_eqgnuv3wxztmyzle16ykclnsqwackcliyaqm6o9wmlb5fnzmonbxeigjwtcr.jpg)
प्रतिक्रिया