अफगानिस्तानमा बाढीमा परी सात जनाको मृत्यु, १० बेपत्ता

मध्य अफगानिस्तानमा बाढीमा परी ७ जनाको मृत्यु भएको छ भने  १० जना बेपत्ता भएका छन् । 

अफगानिस्तानको बामियान प्रान्तमा भारी वर्षा र बाढीका कारण सात जनाको मृत्यु हुनुका साथै अन्य १० जना बेपत्ता भएको प्रान्तीय सरकारका प्रवक्ता अब्दुल सबौर सिघानीले बुधबार बताउनुभयो । 

अधिकारीका अनुसार प्राकृतिक प्रकोपले याकावलाङ जिल्लाको केही भाग प्रभावित बनेको छ । बाढीका कारण ज्यान गुमाएकाहरूको खोजी भइरहेको छ । 

मृतक वा बाँचेकाहरूको शव निकाल्ने प्रयास भइरहेको छ । बाढीले दर्जनौं घर र खेतीयोग्य जमिन समेत बगाएको अधिकारीहरुले बताएका छन् ।

त्यस्तै उत्तरी बदख्शान प्रान्तको यामगान जिल्लामा मङ्गलबार आएको बाढीले ४० घर र ३०० एकडभन्दा बढी खेतीयोग्य जमिन नष्ट गरेको छ ।