चुरोट पिउन अवरोध गर्नेलाई हङकङमा एक व्यक्तिले गरे छुरा प्रहार

चुरोट पिउन अवरोध गर्नेलाई हङकङमा एक व्यक्तिले छुरा प्रहार गरेका छन्।

मिनिबस टर्मिनसमा चुरोट पिएको देखेपछि रोक्न खोज्ने व्यक्तिलाई चुरोट पिउने व्यक्तिले छुरा प्रहार गरेका हुन्।

प्रहरीले गराएको जानकारी अनुसार मंगलबार राति चोइहङ एमटीआर स्टेसनको एक्जिट ए२ मा दुई जनाबीच विवाद भएको हो।घटना अनुसार टर्मिनसमा धुम्रपान गरिरहेका ४६ वर्षीय पुरुषलाई अर्का २२ वर्षीयले चुरोट नपिउन आग्रह गर्दा उनले चक्कु प्रहार गरेका हुन्।

आक्रमणबाट पीडितको टाउको र हातमा चोट लागेको छ।

हङकङमा केही समयअघि मात्रै सार्वजनिक यातायातका लागि लाइन बस्दा सार्वजनिक स्थलमा धुम्रपान गर्न प्रतिबन्ध गरिएको थियो। यद्यपि, मिनीबस टर्मिनसलाई धुम्रपान निषेधित क्षेत्रको रूपमा भने नतोकिएको अधिकारीहरूले बताएका छन्।

सार्वजनिक स्थानमा झगडा गरेको आरोपमा प्रहरीले दुवै जनालाई घटनास्थलबाट पक्राउ गरेको थियो। (