राहुल गान्धी बने भारतीय लोकसभामा विपक्षी नेता

भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धी विपक्षी दलका नेता बनेका छन् । सो पार्टीले मंगलबार कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको निवासमा इन्डिया गठबन्धनको बैठकपछि गान्धीको नाम घोषणा गरेको हो । 

यो बैठकपछि कंग्रेस संसदीय बोर्डकी अध्यक्ष सोनिया गान्धीले प्रोटेम सभामुख भर्तृहरि माहताबलाई यसबारे पत्र लेखेकी थिइन् । आफ्नो २० वर्षको राजनीतिक करियरमा राहुल पहिलोपटक कुनै संवैधानिक पदमा आसिन भएकी हुन् । यो पदमा रहने गान्धी परिवारका तेस्रो व्यक्ति हुन् । यसअघि राहुलका पिता तथा पूर्वप्रधानमन्त्री राजीव गान्धी र आमा सोनिया गान्धी यो पदमा बसिसकेका थिए ।

विपक्षी दलको नेताको रूपमा राहुलले तलब र अन्य भत्तासहित मासिक ३ लाख ३० हजार भारु पाउनेछन् । सांसदको रूपमा उनले हरेक महिना एक लाख तलब र ४५ हजार भत्ता पाउनेछन् । राहुलले क्याबिनेट मन्त्री सरहकै उच्चस्तरीय सुरक्षा पाउनेछन् भने निःशुल्क हवाई र रेल यात्राका साथै सरकारी गाडी र अन्य सुविधा पनि पाउनेछन् ।