भारतको राजधानीमा आगलागी हुँदा एकै परिवारका चार जनाकाे मृत्यु

भारतको राजधानी दिल्लीमा रहेको एउटा घरभित्र आगलागी हुँदा एकै परिवारका चार सदस्यको मङ्गलबार निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

 

द्वारकाको प्रेम नगर क्षेत्रमा रहेको दुई तले भवनको पहिलो तल्लामा बिहानै आगलागी भएको एक प्रहरी अधिकारीले बताए। “आगो पूर्णरूपमा निभाइएको छ र घरबाट शव परीक्षणका लागि अस्पताल लगिएको छ”, उनले भने।

अधिकारीहरूका अनुसार मृतकहरू एक दम्पती र उनीहरूका दुई साना छोरा रहेका छन् ।प्रहरीको प्रारम्भिक अनुसन्धानमा विद्युत् चुहावट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

मानिसहरूले सुरक्षा मापदण्डहरूलाई बेवास्ता गर्ने र दहनशील सामग्री जथाभावी भण्डारण गर्ने भएकाले भारतीय घरहरूमा आगलागी हुने सम्भावनाहरू प्रायः उच्च हुन्छन् ।