भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या गरेका व्यक्तिको छोरा सांसद

भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या गरेका व्यक्तिको छोरा सांसद बनेका छन्। उनले मंगलबार सांसद पदको सपथ ग्रहण पनि गरेका छन्।

पञ्जाबका लोकसभा सांसद सरबजित सिंह खालसा स्वर्गीय गान्धीका हत्यारा बेअन्त सिंहका छोरा हुन्।

तीनपटक चुनाव हारेका खालसा यसपटक लोकसभामा चुनिएका छन्। उनी पञ्जाबको फरिदकोट लोकसभा सिटबाट विजयी भएका छन्। र, आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ७० हजार मत अन्तरले पराजित गरेका छन्।