रफाहमा पुनः इजरायली आक्रमण

इजरायली सेनाले दक्षिणी गाजा सहरमा रहेका हमासका दुई कार्यालय परिसरमा आक्रमण गरी धेरै हतियारहरू कब्जा गरेको आइतबार राफाह क्षेत्रमा कारबाही गरेको इजरायली रक्षा बलले  जनाएको छ ।

रफाहको तेल अल–सुल्तान छिमेकमा इजरायली सेनाले हमासको तेल अल–सुल्तान ब्रिगेडका लागि प्रशिक्षण मैदानको रूपमा काम गर्ने हमास कार्यालय परिसरमा छापा मारेको र सैनिकले हतियार भण्डारण सुविधा र धेरै सुरूङसहित ब्रिगेडका कमान्डर महमुद हमदानको कार्यालय भेटिएको इजरायली रक्षा बल (आइडिएफ)ले जनाएको छ । 

आईडीएफले सुरूङको जाँच गरी नष्ट गर्ने बताएको छ ।परिसर क्षेत्रमा सेनाले हमासको रफाह ब्रिगेड, यासेर नेटमा रकेट र मिसाइल फायरका कमान्डरको कार्यालयमा पनि छापा मारेको छ ।  

अक्टोबर ७ मा गाजा सीमा नजिकै इजरायली समुदायमा हमासले गरेको आक्रमणमा कम्तिमा एक हजार २०० व्यक्ति मारिएका थिए भने हमासले २५२ जनालाई बन्धक बनाएको थियो । 

आक्रमणको बदलामा इजरायलले प्यालेष्टिनी गाजा क्षेत्रमा चलाएको हवाई तथा स्थल कारबाहीमा कम्तीमा ३७ हजार ५०० व्यक्तिको मृत्यु भएको छ ।