आजदेखि बन्द हुँदै गुगलको लोकप्रिय पोडकास्ट एप

 अन्ततः गुगल पोडकास्ट एपको अन्त्य हुने भएको छ । सन् २०१८ मा सार्वजनिक भएको उक्त एप आज अर्थात् २४ जुनका दिन बन्द हुन लागेको हो । यो एप गुगल प्ले स्टोरमा मात्रै ५० करोड भन्दा बढी पटक डाउनलोड भएको छ ।

गत वर्षको सेप्टेम्बरमा प्रविधिको दिग्गज कम्पनीले युट्युब म्युजिकको पक्षमा हुने गरी सन् २०२४ को कुनै दिन गुगल पोडकास्ट बन्द गरिने घोषणा गरेको थियो । कम्पनीले युट्युब म्युजिकलाई पोडकास्ट, म्युजिक र भिडिओको अल-इन-वन गन्तव्य बनाउने प्रयासमा यस्तो कदम चालेको हो ।

प्रयोगकर्तालाई आफ्ना पोडकास्ट गुगलको स्वामित्वमा रहेको युट्युब म्युजिकमा लैजान अफर गरिरहेको छ । गुगल पोडकास्ट म्यानेजर प्रयोग गरी फ्यानहरूले आफ्ना पोडकास्ट युट्युब म्युजिक एपमा सार्न सक्छन् ।

यो सुविधा २९ जुलाईसम्मका लागि उपलब्ध हुनेछ । तर धेरैले भने यो गुगलको निर्णयमा रुचि देखाएका छैनन र म्युजिक तथा पोडकास्ट एपहरूलाई अलग्गै राख्न चाहन्छन् ।