महान फुटबलर पेलेकी आमाको १०१ वर्षको उमेरमा निधन

महान फुटबलर पेलेकी आमाको १०१ वर्षको उमेरमा निधन भएको छ।

पेलेको निधन भएको १८ महिनापछि उनकी आमाको निधन भएको हो। पेलेकी आमा सेलेस्ट अरानटेजको १०१ बर्षको उमेरमा शुक्रबार निधन भएको ब्राजिलका मिडियाहरुले उल्लेख गरेका छन्। उनी पछिल्लो दुई वर्षदेखि कोमामा रहेकी थिइन् भने उनलाई आफ्ना छोरा पेलेको मृत्यु भएको बारे समेत जानकारी थिएन।

उनी १७ वर्षको हुँदा १९४० अक्टोबर २३ मा पेलेलाई जन्म दिएकी थिइन्।