भारतमा गर्मीका कारण ३७१ भन्दा बढीको मृत्यु

भारतमा चरम गर्मीका कारण ३७१ भन्दा बढीको मृत्यु भएको छ । धेरै मृत्यु उत्तर प्रदेश, बिहार, राजस्थान, हरियाणामा भएका छन् । मृतकहरु अधिकांश सडकमा बेवारिसे जीवन बिताउनेहरु रहेका छन् ।

हुन त मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र थाहा हुने बताइन्छ । तर चिकित्सकहरुले पनि अत्यधिक गर्मी र लुकै कारण भारतमा मानिसहरुको ज्यान गइरहेको बताएका छन् । अस्पतालहरुमा गर्मीका कारण बिरामी परेकाहरुको चाप पनि अत्यधिक छ ।

भारतमा बेवारिसे व्यक्तिहरुको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था ‘सेन्टर फर होलिस्टिक डेभलमपेन्ट’ले जुन ११ देखि जुन १९ को बीचमा नयाँदिल्लीमा अत्यधिक गर्मीका कारण १९२ जना बेघर व्यक्तिहरुको मृत्यु भएको जनाएको छ ।