युक्रेनलाई हतियार बिक्री गर्ने प्रतिबन्धमा दक्षिण कोरियाले ‘पुनरविचार गर्ने’

प्रमुख हतियार निर्यातक दक्षिण कोरियाले युक्रेनलाई सिधै हतियार आपूर्ति गर्न प्रतिबन्ध लगाउने लामो समयदेखिको नीतिलाई ‘पुनरविचार’ गर्ने भएको छ । 

उत्तर कोरिया र रुसबीच रक्षा सम्झौतामा हस्ताक्षर भएपछि दक्षिण कोरियाली राष्ट्रपतिका एक अधिकारीले बिहीबार उक्त कुरा बताउनुभएको हो । बुधबार प्योङयाङको उच्च प्रोफाइल भ्रमणका क्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनले बढ्दो सम्बन्धलाई जोड दिँदै ‘ब्रेकथ्रु’ सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । सम्झौतामा आक्रमण भए एकअर्कालाई सहयोग गर्ने वाचा समावेश गरिएको छ । 

सम्झौता भएको केही घन्टापछि ‘सोलले युक्रेनलाई हतियार सहायता प्रदान गर्ने मुद्दामा पुनरविचार गर्ने योजना बनाइरहेको’ राष्ट्रपतिका एक अधिकारीले पत्रकारहरूलाई बताउनुभयो । दक्षिण कोरियालाई सक्रिय द्वन्द्व क्षेत्रहरूमा हतियार बिक्री गर्न रोक्ने सोलको लामो समयदेखिको नीति छ । वासिङ्टन र किएभबाट उक्त नीतिमाथि पुनरविचार गर्न आग्रह भए पनि सोल यसमा अडिग छ । 

विश्वको शीर्ष हतियार निर्यातकहरूमध्येको एक बन्ने लक्ष्य राखेको दक्षिण कोरियाले किएभका सहयोगी पोल्यान्डलगायत युरोपेली मुलुकहरूलाई आफ्ना ट्याङ्क र होविट्जर तोपहरू बिक्री गर्नका लागि अर्बौं डलरको सम्झौतामा हस्ताक्षर गरेको छ । सोलले मस्को–प्योङयाङ सम्झौताप्रति आफ्नो ‘गम्भीर चिन्ता’ व्यक्त गरेको छ । सम्झौताअनुसार दुवै मुलुक आफ्नो सैन्य र आर्थिक सहयोगलाई बलियो बनाउन सहमत भएका छन् । यसमा सशस्त्र आक्रमणको सामना गर्न तत्काल सैन्य सहायता पनि समावेश छ । 

“उत्तर कोरियाको सैन्य क्षमतालाई बलियो बनाउन सहयोग गर्ने कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावहरूको उल्लङ्घन हो”, राष्ट्रिय सुरक्षा सल्लाहकार चाङ हो–जिनले पत्रकारहरूसँग भन्नुभयो, “रुसले प्रस्तावको उल्लङ्घन र उत्तर कोरियालाई समर्थन गर्दा अनिवार्यरूपमा दक्षिण कोरिया–रुस सम्बन्धमा नकारात्मक असर पर्नेछ ।”

पुटिनले प्योङयाङमा रुस उत्तर कोरियासँग ‘सैन्य–प्राविधिक सहयोगलाई अस्वीकार गर्दैन’ भन्नुभएको थियो । यो प्रतिबन्धित आणविक र ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमहरूलाई लिएर किमको शासनमाथि राष्ट्रसङ्घीय प्रतिबन्धको उल्लङ्घन हुनेछ । 

हामीले हिजबुल्लाहको ‘हेटक्वाटर’मै हमला गर्‍यौँ : इजरायल

हामीले हिजबुल्लाहको ‘हेटक्वाटर’मै हमला गर्‍यौँ : इजरायल

चाडपर्वलाई मध्यनजर गर्दै देशभर रेल सेवा विस्तार गरिने : भारतीय रेलमन्त्री

चाडपर्वलाई मध्यनजर गर्दै देशभर रेल सेवा विस्तार गरिने : भारतीय रेलमन्त्री

युक्रेनमा रूसको युद्ध समाप्त गर्ने समय आयो : डोनाल्ड ट्रम्प

युक्रेनमा रूसको युद्ध समाप्त गर्ने समय आयो : डोनाल्ड ट्रम्प

छिमेकी देशहरूमा सरकार परिवर्तनले भारतको विदेश नीतिमा कस्तो प्रभाव पार्छ?

छिमेकी देशहरूमा सरकार परिवर्तनले भारतको विदेश नीतिमा कस्तो प्रभाव पार्छ?

दुर्गा पूजाअघि नै मनपर्ने माछाको खेप भारत पुग्यो, हिल्सा कूटनीतिले के प्रभाव पार्छ?

दुर्गा पूजाअघि नै मनपर्ने माछाको खेप भारत पुग्यो, हिल्सा कूटनीतिले के प्रभाव …

भिडले अन्तर्धार्मिक दम्पतीमाथि आक्रमण गरेपछि देहरादुनको मुख्य बजार बन्द

भिडले अन्तर्धार्मिक दम्पतीमाथि आक्रमण गरेपछि देहरादुनको मुख्य बजार बन्द

इजरायलद्वारा हेजबुल्लाहसँग २१ दिने युद्धविरामको अन्तराष्ट्रिय आह्वान अस्विकार

इजरायलद्वारा हेजबुल्लाहसँग २१ दिने युद्धविरामको अन्तराष्ट्रिय आह्वान अस्विकार

दोस्रो टेस्ट क्रिकेट : भारतीय समर्थकले कुटे एक बंगलादेशी समर्थकलाई

दोस्रो टेस्ट क्रिकेट : भारतीय समर्थकले कुटे एक बंगलादेशी समर्थकलाई