पाकिस्तानमा बस दुर्घटनामा २८ जनाको मृत्यू

पाकिस्तानको बलुचिस्तान प्रान्तको वाशुक जिल्लामा भएको बस दुर्घटनामा कम्तीमा २८ जनाको ज्यान गएको छ । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका प्रहरीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

५० जनाभन्दा बढी यात्रु बोकेको बस सडकदेखि केही तल खोल्सामा खसेको थियो । घाइतेमध्ये धेरैको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने उपचारमा संलग्न डाक्टरहरूले बताएका छन् ।

घटनापछि बलुचिस्तानका मुख्यमन्त्री शरफराज बुग्टीले ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै घाइतेहरूलाई यथासम्भव उपचारकाे व्यवस्था गर्न निर्देशन दिनुभएकाे खबरमा उल्लेख छ ।