च्याटजीपीपी प्रयोग गरेर लेखिएको फिल्मको प्रदर्शनी रद्द

एआई च्याटबट च्याटजीपीपी प्रयोग गरेर लेखिएको फिल्मको प्रदर्शनी रद्द भएको छ । बेलायतको सोहो सहरको प्रिन्स चार्ल्स सिनेमामा आइतबार ‘द लास्ट स्क्रिनराइटर’ फिल्मको पूर्वनिर्धारित प्रिमियर रद्द भएकाे हाे ।

पिटर लुइसले निर्माण गरेको सो फिल्मलाई पूर्ण रूपमा एआईले लेखेको पहिलो फिचर फिल्मका रूपमा प्रचार गरिएको थियो । ज्याक नामका प्रख्यात पटकथा लेखकले स्क्रिप्ट लेखनका लागि डिजाइन गरिएको अत्याधुनिक एआई सिस्टमसँग अन्तरक्रिया गर्दा त्यसमा फरक अनुभव पाएका थिए ।

 

उनका अनुसार एलआईमा मानवीय संवेदना बुझेर आकर्षित गर्ने क्षमता छ । सो फिल्मका निर्माण टोलीले भने फिचर फिल्मका लागि लेखक वा एआईमध्ये कुन उत्कृष्ट हुन्छ भन्ने पत्ता लगाउन पनि यो परीक्षण गरिएको बताएकाे छ । ‍

प्रिन्स चार्ल्स सिनेमाले पनि यो फिल्म निर्माताले गरेको परीक्षण भएको विज्ञप्तिमा उल्लेख गरेको छ । त्यस्तै यही फिल्मले कला क्षेत्रमा एआईका नकारात्मक पक्षबारे बहस बढाउन मद्दत गरेको जनाएको छ ।

लेखकको ठाउँमा एआई प्रयोग भएपछि विभिन्न सराेकारवालाहरूले चिन्ता व्यक्त गरेका थिए । त्यसपछि फिल्म निर्माता कम्पनी प्रदर्शनी नै रद्द गर्ने निर्णयमा पुगेकाे हाे ।