अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाने सुरुङभित्र ट्रक दुर्घटना

अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाने सुरुङ मार्गभित्र बुधबार दिउँसो ट्रक दुर्घटना हुँदा विमानस्थल जाने सबै लेन बन्द भएका छन् ।यद्यपि, विशेष व्यवस्था गरी सवारीसाधन आवतजावत गराइएको छ ।

यातायात विभागका अनुसार विमानस्थलतर्फ जाने सुरुङमार्गका सबै लेन बन्द गरिए पनि ‘वन ट्युब-टु वे’ व्यवस्थामा दुवै तर्फबाट सवारीसाधन आवातजावतको व्यवस्था मिलाइएको हो ।

पर्खालमा ठोकिएर दुर्घटनामा परेको ट्रकमा मानवीय क्षति भने भएको छैन । ट्रकका चालकलाई आपत्‌कालीन विभागका कर्मचारीले उद्धार गरिसकेका छन् ।

उक्त ट्रक चुनमुन - चेक लापकक सुरुङमार्गमा दुर्घटनामा परेको प्रहरीलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।