गाजाको शरणार्थी शिविरमा आक्रमण १७ जनाको मृत्यु

 बालबालिकासहित १७ जनाको ज्यान गएको छ । यो क्षेत्रमा इजरायलले रातभर बम आक्रमण गरेको थियो ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकारविरुद्ध हिजबुल्लाह र हमासले निरन्तर प्रदर्शन गर्ने क्रममा इजरायली प्रहरीले प्रदर्शन रोक्न आक्रमण गरेको अलजजिराले जनाएको छ ।

इजरायको आक्रमणबाट रफाहमा सहायता ट्रकको पर्खाइमा रहेका कम्तीमा नौ जना प्यालेस्टाइनीको पनि ज्यान गएको छ । अरू धेरै गम्भीर घाइते भएका छन् ।

यसैबीच त्यहाँका स्थानीय सञ्चारमाध्यमले मध्य गाजामा इजरायली आक्रमणपछि शरणार्थी शिविरमा भएको छुट्टाछुट्टै आक्रमणमा १७ जान प्यालेस्टाइनी मारिएका बताएका छन् ।

इजरायली प्रहरीले सोमवार राति जेरुसेलममा प्रधानमन्त्री नेतान्याहुको घरबाहिर सरकार विरोधी प्रदर्शनमा कम्तीमा आठ जनालाई पक्राउ गरेको छ ।