विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट
काठमाडौँ, ३ असारः विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गर्नुभएको छ । ट्रोटसनबर्गले आज सिंहबारस्थित अर्थ मन्त्रालयमा मन्त्री पुनसँग शिष्टाचार भेट गर्नुभएको हो ।
काठमाडौँमा मङ्गलबारदेखि सुरु भइ चार दिनसम्म चल्ने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडा)को तेस्रो रिप्लेनिसमेन्ट बैठक आईडा–२१ मा सहभागी हुन ट्रोटसनबर्ग नेपाल आउनुभएको हो । भेटमा ट्रोटसनबर्गसँगै विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र मार्टिन रेजर तथा तथा नवनियुक्त नेपाल निर्देशक डेभिड सिस्लेनलगायत सहभागी हुनुहुन्थ्यो ।
आकीहिको विश्व बैंकको विकास वित्त (डिएफआई) परिचालन र रेजर दक्षिण एसिया हेर्ने उपाध्यक्ष हुनुहुन्छ । भेटमा मन्त्री पुनले नेपालमा आइडीए–२१ बैठकको आयोजना हुँदा नेपालको अन्तर्राष्ट्रियस्तरमा ख्याती बढ्ने बताउनुभयो । उहाँले बैठकका लागि नेपाललाई छनोट गरेकामा विश्व बैंक व्यवस्थापनलाई धन्यवाद दिनुभएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।
बैठक भव्यरुपमा सफल पार्न नेपाल सरकारका तर्फबाट सम्पूर्ण सहयोग हुने प्रतिबद्धता उहाँको थियो । विश्व बैंकसँग नेपालको छ दशक लामो साझेदारी रहेको चर्चा गर्दै मन्त्री पुनले नेपालको विकासमा बैंकले उदारतापूर्वक गरेको सहयोगको प्रशंसा गर्नुभयो । मन्त्री पुनले पाइपलाइनमा रहेका माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजना निर्माणमा विश्व बैंकले देखाएको निरन्तरको चासो र प्रतिबद्धताको सराहना गर्नुभयो ।
उहाँले नेपाल ती दुवै आयोजना अघि बढाउन तत्पर रहेको जानकारी दिँदै वित्तीय व्यवस्थापनको टुङ्गो छिट्टै लाग्ने विश्वाससमेत व्यक्त गर्नुभयो । सुशासन र संस्थागत क्षमताको सुदृढीकरण तथा आगामी सन् २०२६ भित्र नेपाललाई विकासशील मुलुक (एलसिडी) मा स्तरोन्नति, जलवायु परिवर्तनका प्रभावसँग जुध्न र सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउन तथा रोजगारी सिर्जनालगायत योजनाका लागि नेपाललाई सहुलियतपूर्ण कर्जामा जोड दिन मन्त्री पुनले आग्रह गर्नुभयो । उहाँले २१औँ आइडीए बैठकमार्फत विश्व बैंकले वित्तीय सहयोगलाई मात्र नभई ज्ञान र नवप्रवर्तनका क्षेत्रलाई समेत प्राथमिकतामा राख्न अनुरोध गर्नुभयो ।
फरक प्रसङ्गमा मन्त्री पुनले नेपालको अर्थतन्त्रको आकार सानो नभई मध्यमस्तरको भएको उल्लेख गर्नुभयो । विश्व बैंकका प्रबन्ध निर्देशक ट्रोटसनबर्गले आईडीए–२१ को तेस्रो रिप्लेनिसमेन्ट बैठक आयोजना गरेकामा नेपाललाई बधाई र धन्यवाद दिनुभयो । नेपाल र विश्व बैंकबीच लामो साझेदारी रहेको चर्चा गर्दै उहाँले नेपाललाई बैंकले सधैं उच्च प्राथमिकतामा राखेको बताउनुभयो । आगामी दिनमा समेत सहकार्य थप मजबुत भएर जाने उहाँको भनाइ थियो ।
![प्रदूषणका कारण ८१ लाख मानिसको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/air-pollution_VvUm6j3kjy.png.1200x650_q70_crop-smart_upscale_dOZBjDHu9q_mvedhf1jwg1jnomummjekt6x4vkcnqfu4ok4omxrwmfhlreypoba8lqciaoa_xprwesHfAX_cpzcz1gdg4t90fjkocw4douhh5ckiingvozb73ngugcxs6anr6xkiokgayly.png)
प्रदूषणका कारण ८१ लाख मानिसको मृत्यु
![जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा](https://snowberry.prixacdn.net/media/gallery_folder/Nepal-Railway-2_9KTXfVopvQ_c6idicnq5kxjet1idx8gbpeprnu3cyjtowopwmhbs4sjlhn6xs17pjb7oeus_KYxBwZta5H_rcryc40wg6bdcasdqb9u2pdznr1ke5tnzsclmcfyuymofpjqhw4uktijwufb.jpg)
जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा
![भारत लिंदै गरेका ६० कार्टुन मदिरा सशस्त्र प्रहरीद्वारा बरामद](https://snowberry.prixacdn.net/media/gallery_folder/8998f29454ab60b30cf37e88cf92261f1719403180_upUj0bpd1Z_70bjebckmopti3kdgpvsam4ekipt7tpqdzjzuycsymzh11gn5jurut89bjlx_WT69N2wriG_o7j0mpjvap6uqmjiuas7trfxov308kabuxjmntstrbkexe2w5tmesjtf7hzh.jpg)
भारत लिंदै गरेका ६० कार्टुन मदिरा सशस्त्र प्रहरीद्वारा बरामद
![नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/20240626_170157_0miFZd2x2V_m0pf0zsotnqrbplpvvmpv4h90sj2nezjpscs2sr6guilc3elh1vw442i4rz0_pYdleW7WUl_miif8rke7ezjbkkkc2sgwjmpyxyrktgqglxhd6kwadleascenj4rkwic0yil.jpg)
नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने
![ओली र प्रचण्डभन्दा बालेनसँग मिल्नु ठिक हुन्छ : रास्वपा महामन्त्री ढकाल](https://snowberry.prixacdn.net/media/gallery_folder/mukul-dhakal_Ev4PTENY70_vvqzsso9xalshpbaivu4xwlwromkyufp9khcx4hrlsgie3ejztreh9g3zcyo_Jokxaeatxx_2ov6gakmxyvmoijs9wcdkgstrrf5e4f98lmfoxapw0dyd16xvtx9ouic2cl8.jpg)
ओली र प्रचण्डभन्दा बालेनसँग मिल्नु ठिक हुन्छ : रास्वपा महामन्त्री ढकाल
![रास्वपा राजदूतका लागि बुधबारसम्म करिब १०० जनाको आवेदन](https://snowberry.prixacdn.net/media/gallery_folder/rasopa_rsp_office_rabi_1687431071_HTU0AAthzz_ptiogndu6g9pxxpnotcsw8rdwvzylugllk6xz7ruwhkwtlrhila3mrjrcgde_zq41KIwFp1_schbt47aolx1dwnf3wdcyrphuuzskan6es4kvndzcy4qvydtcje5nlsylrok.jpg)
रास्वपा राजदूतका लागि बुधबारसम्म करिब १०० जनाको आवेदन
![पत्रकार महासंघमा चौतारी र सेन्टरबीच तालमेल हुँदै निर्वाचनमा अध्यक्षको उम्मेदवार](https://snowberry.prixacdn.net/media/gallery_folder/Nepal-Patrakar-Mahasang-768x574_gljVbTTAes_dpcrilwed6ojvpgnsyoltb01h9mqpmc2sp7o1sxizkzl8ayfka9goonodzqh_hxLd2omaaA_u802gseqiydwjoydrqhgl48z2jmrnqkg98bunqspwdnybsq0yvasxsp9hsl9.jpg)
पत्रकार महासंघमा चौतारी र सेन्टरबीच तालमेल हुँदै निर्वाचनमा अध्यक्षको उम्मेदव…
![रास्वपा प्यूठान संयोजक सुमन सुवेदीले गरे पार्टी परित्याग](https://snowberry.prixacdn.net/media/gallery_folder/suman_ZwZcLpMTOT_1Bvw7g2Kk1_uz1spo9n5f2hz9rlixvd05luob525lgyq4mmccawpwzzsbaokhka8poxovve_USqaWuuenx_yeyygyydchxfzsq253aibasszb3lvuvthgucyhh8lph8ua5x4pe1anxqocjs.jpg)
प्रतिक्रिया