योजना अलपत्र छोडेर निर्माण कम्पनी सम्पर्कविहीन
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Nirman-kampani-sampark-bihin2023-01-28-01-52-14_FIecJqZkEn_yy2oz9grun0wu4jkye5hpvfrn1zxnhrbvwyfvyzdzazhuqvvml7pwv885p8h_R8zvfJDebD_36knsvxk40kbaejsrp3ldlvklcssgysilrqv9raxteybuziem0n0bmbish2c.jpeg)
काठमाडौँ, ३ असारः : जिल्लाकै ‘लाइफलाइन’ बेनी–दरबाङ सडकको तेस्रो खण्ड (करिब सात किलोमिटर) स्तरोन्नति गरी कालोपत्र गर्ने जिम्मा पाएको निर्माण कम्पनी सम्पर्कविहीन भएपछि योजना अलपत्र परेको छ ।
सदरमुकाम बेनीबजारदेखि पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङसम्म २४ किमी दूरीको यो सडकको पहिलो र दोस्रो खण्डको १७ किमी सडक कालोपत्र भए पनि बिरुवा–क्याराभान जेभीले जिम्मा लिएको तेस्रो खण्ड भने कालोपत्र गर्ने सुरसार छैन । निर्माण कम्पनी बिरुवा–क्याराभान जेभीका सञ्चालक चन्द्र थकाली सम्पर्कमा नआएपछि पत्र पठाएर ताकेता गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।
विसं २०६३ मा ट्र्याक खुलेको यो सडकको स्तरोन्नति तथा कालोपत्रको काम तीन खण्डमा विभाजन गरेर अलग–अलग निर्माण कम्पनीले जिम्मा लिएका थिए । त्यसमध्ये दुई वटा खण्ड कालोपत्र भइसकेका छन् । यो सडक कालोपत्र आयोजनाको ठेक्का बिरुवा–क्याराभान जेभीले विसं २०७६ जेठ ३१ लिएको थियो । निर्माण कम्पनीको अटेरीले पाँच वर्षमा पनि आयोजनाले पूर्णता पाउन नसक्दा यात्रु, यातायात व्यवसायी र स्थानीयवासी सास्ती पाउने गरेका छन् ।
मङ्गला गाउँपालिका–२, रणबाङदेखि मालिकाको केन्द्र दरबाङसम्म सात किमी सडक कालोपत्र गर्न निर्माण कम्पनी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु २२ करोड ५७ लाख नौ सय ३२ मा ठेक्का सम्झौता भएको थियो । कार्यालयका अनुसार आयोजनाको अहिलेसम्म भौतिक प्रगति करिब ७२ प्रतिशत सम्पन्न भएको छ । गत वैशाख पहिलो सातादेखि निर्माण व्यवसायी आयोजनास्थलमा नदेखिएका स्थानीयले बताएका छन् ।
निर्माण कम्पनी सम्पर्कविहीन भएपछि दुर्घटनाको जोखिम र यातायात सञ्चालनमा समस्या हुने गरेको रणबाङका श्रीराम पौड्यालले बताउनुभयो । सडक निर्माण अलपत्र हुँदा धुलो र धुवाँले हैरान बनाउनुका साथै स्वास्थ्यमा समस्या देखिन थालेको मालिका गाउँपालिका–६ तोलाबाङकी पूर्णकली विकले गुनासो गर्नुभयो । सडक आयोजनाका निर्माण व्यवसायीलाई पटकपटक ताकेता गरे पनि अटेरी गरेको पूर्वाधार विकास कार्यालय म्याग्दीका इञ्जिनियर अर्जुन शर्माले बताउनुभयो ।
निर्माण व्यवसायीले चार किमीमा सब बेस राखिसकेका छन् । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने २४ किमी दूरीको यो सडक विसं २०६३ मा मार्ग खुलेको थियो । बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने गर्दछन् । सो खण्डको कालोपत्र योजनाका लागि बजेट अभाव नभएको पूर्वाधार विकास कायालयले जनाएको छ ।
![प्रदूषणका कारण ८१ लाख मानिसको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/air-pollution_VvUm6j3kjy.png.1200x650_q70_crop-smart_upscale_dOZBjDHu9q_mvedhf1jwg1jnomummjekt6x4vkcnqfu4ok4omxrwmfhlreypoba8lqciaoa_EcEvK19AV6_i2ogt6mnniupk531fn6y17ncma2nmbx5kv1eoc2dqfoz4nl88yvn2pdyh7ny.png)
प्रदूषणका कारण ८१ लाख मानिसको मृत्यु
![जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा](https://snowberry.prixacdn.net/media/gallery_folder/Nepal-Railway-2_9KTXfVopvQ_c6idicnq5kxjet1idx8gbpeprnu3cyjtowopwmhbs4sjlhn6xs17pjb7oeus_CEK8upqO1t_pmltcujlrqjf5kleybekojejhtuossxts1vo9zhaocsa3cs994to8fkw9q2h.jpg)
जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा
![भारत लिंदै गरेका ६० कार्टुन मदिरा सशस्त्र प्रहरीद्वारा बरामद](https://snowberry.prixacdn.net/media/gallery_folder/8998f29454ab60b30cf37e88cf92261f1719403180_upUj0bpd1Z_70bjebckmopti3kdgpvsam4ekipt7tpqdzjzuycsymzh11gn5jurut89bjlx_s7F09AOFHv_qx2zktqkfkwrgufrhblwuf0dlwbzbpbj4ssp9jplhomcncd1lorrvc5erx8c.jpg)
भारत लिंदै गरेका ६० कार्टुन मदिरा सशस्त्र प्रहरीद्वारा बरामद
![नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/20240626_170157_0miFZd2x2V_m0pf0zsotnqrbplpvvmpv4h90sj2nezjpscs2sr6guilc3elh1vw442i4rz0_7pmCuabSfq_akaeubsnonsjhsu0cdofeprafiopqosgei8hlybpjdjf8zjtbdtanggli58e.jpg)
नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने
![ओली र प्रचण्डभन्दा बालेनसँग मिल्नु ठिक हुन्छ : रास्वपा महामन्त्री ढकाल](https://snowberry.prixacdn.net/media/gallery_folder/mukul-dhakal_Ev4PTENY70_vvqzsso9xalshpbaivu4xwlwromkyufp9khcx4hrlsgie3ejztreh9g3zcyo_sXVUGtgsmy_7af0ejlexzsxyb782jck69fbnjkisoyjj9lpkn1n46axo9bfwrjpoq8a5dzn.jpg)
ओली र प्रचण्डभन्दा बालेनसँग मिल्नु ठिक हुन्छ : रास्वपा महामन्त्री ढकाल
![रास्वपा राजदूतका लागि बुधबारसम्म करिब १०० जनाको आवेदन](https://snowberry.prixacdn.net/media/gallery_folder/rasopa_rsp_office_rabi_1687431071_HTU0AAthzz_ptiogndu6g9pxxpnotcsw8rdwvzylugllk6xz7ruwhkwtlrhila3mrjrcgde_UQmu4vYqy2_drintvg6tlh37nn36hulpwfhdgmtvjhreo5it1ti7aqxqosvlwcmnd6i6taa.jpg)
रास्वपा राजदूतका लागि बुधबारसम्म करिब १०० जनाको आवेदन
![पत्रकार महासंघमा चौतारी र सेन्टरबीच तालमेल हुँदै निर्वाचनमा अध्यक्षको उम्मेदवार](https://snowberry.prixacdn.net/media/gallery_folder/Nepal-Patrakar-Mahasang-768x574_gljVbTTAes_dpcrilwed6ojvpgnsyoltb01h9mqpmc2sp7o1sxizkzl8ayfka9goonodzqh_oq18dyw9eJ_ghgwkmxmqqdbf3xzoh0dcdt4lbmkspdnyexsowwlyelpernnruaukyn3yv1h.jpg)
पत्रकार महासंघमा चौतारी र सेन्टरबीच तालमेल हुँदै निर्वाचनमा अध्यक्षको उम्मेदव…
![रास्वपा प्यूठान संयोजक सुमन सुवेदीले गरे पार्टी परित्याग](https://snowberry.prixacdn.net/media/gallery_folder/suman_ZwZcLpMTOT_1Bvw7g2Kk1_uz1spo9n5f2hz9rlixvd05luob525lgyq4mmccawpwzzsbaokhka8poxovve_yHrMfdkCuw_nr0482mjrxqahd4ao5mdpoldstoeouv8h4urxcykthjxag8ne3hruinknvcy.jpg)
प्रतिक्रिया