दार्जिलिङमा कञ्चनजङ्घा एक्सप्रेस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई १०/१० लाख क्षतिपूर्ति दिइने

 सोमबार बिहान दार्जिलिङमा कञ्चनजङ्घा एक्सप्रेसको रेलसँग मालगाडी ठोक्किएको घटनामा मृतकका परिवारलाई १०/१० लाख भारु क्षतिपूर्ति दिइने भएको छ । रेल मन्त्री अश्विनी वैष्णवले मृतकका परिवारलाई १०/१० लाख भारु दिने घोषणा गरेका हुन् ।

गम्भीर घाइतेलाई २ लाख ५ हजार भारु र सामान्य घाइतेलाई ५० हजार भारु दिइने बताइएको छ । सो घटनामा अहिलेसम्म आठ जनाको मृत्यु भइसकेको र करिब ५० जनाको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) ले भने यस घटनामा १५ जनाको मृत्यु भएको र ६० जना घाइते रहेको भन्दै समाचार छापेको थियो । उद्धार कार्य पूरा भइसकेको र अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या आठ पुगेको बताए रेलवे बोर्डका सीईओ जय बर्मा सिन्हाले बताएका थिए ।